Posted by: shirish October 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
प्रेमिला आँखामा सधैँ प्रेमको पानी हुँदैन जसरी प्रेम सधैँ मनको राजधानी हुँदैन यस्तो मानिसको पछि लाग्न अभ्यस्त छ दुनियाँ जसका सुन्दर आँखामा कुनै नानी हुँदैन अट्टहासमा आँसुको भाका थुन्नेलाई के थाहा जिन्दगीको भीरयात्रामा कतै सिरानी हुँदैन मेरो पिठ्यूँमा छुरा रोप्दै उसले मालई भन्यो यस्तो दु:खी जिन्दगीको कुनै कहानी हुँदैन व्यर्थ-व्यर्थ खेर जानसक्छ, भन्दै छु जिन्दगी हिँड्न चाहनेको त्यसै थाक्ने बानी हुँदैन । Chanky Shrestha www.tanneri.com
Read Full Discussion Thread for this article