Posted by: miss_ me October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कस्तो दोष दिहालेको नमे ले निम्ता पठाएकै हो नि नभए तल हेर्नुस् त बरु किन नाअएको त टिका लाउन ??:( मिस्टेले पठाएको सिंगापुरे सारी नि आइपुग्यो,पुन्टेदाको निधार रंगाउदामनभरी खुशी लाग्यो ।अनि गौतम् ,दादा, रिगल्,नेप्चे,याहू लाइ धेरै धेरै धन्यवाद् निम्तो स्विकारी दिनु भएकोमा । कामको ब्यस्तता ले गर्दा बेलुका सेल् रोटीचै पुराउन् पाएन् अर्कोसाल झ्यापी(चोँया बाट बनेको बाटुलो भाडो)भरी सेल रोटी लिएर आउला है त:):) *************************************************************************** miss_ me Posted on 10-23-06 12:49 AM Reply :) आज विशेषत:भाइटिकाको अवसरमा चौतारीमा आउने हुने सबै आदरनिय दाजूहरु तथा प्यारा भाइहरुलाई धेरै धेरै शुभ-कामना अनि तिहारको निम्तो पनि .... यो मेरो गनथन मेरोआफ्नै दाजूहरु र चौतारीमा दिदी र बहिनी सम्झेर माया गर्ने हजूर हरुको नाम मा समर्पित ----- सप्तरंगी टिका जस्तै तिम्रो जीवन रंगी रहोस थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस पत्र-सयपत्रीको जति तिम्लाइ खुसी मिलोस मखमली फूल जस्तै नओलाउने जीवन रहोस घेरीदिए तिमीलाई बासुधारा तेल राखी पूजीदिए तिमीलाइ पञ्चज्योति बत्तिसाक्षी जित अनि दिर्घायूको कामनागरी मनभरी फोडिदिए दु:ख- बाधा आउने ति बाटोभरि बढिरहोस यात्रा त्यो निरन्तर गोरेटोमा चुमीरहोर शिखरले सधै तिम्रो पाइलामा शब्दभरि कोरिदिए मनभीत्रको भावना फलोस फूलोस तिम्रो जिवन यहि मेरो शुभ-कामना।।
Read Full Discussion Thread for this article