Posted by: kp dhungana October 27, 2006
Mr Koirala King Or president ?
Login in to Rate this Post:     0       ?        
राजसंस्थाको स्थान र हतियार व्यवस्थापनको विषयमा जारी विवादका कारण रोकिएको सात दल र माओवादीविचको शिर्ष बैठक पुन शुरु हुने समाचारले राजनीतिमा पुन आशाको सञ्चार गरेको छ । तर, नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा गणतान्त्रिक मोर्चामा सहभागि हुन गरेको अस्विकारले कतै फेरी राजसंस्था जोगिने पो होकि भन्ने आशंका पनि थपिएको छ नै । तर, जे भएपनि राजसंस्थाको स्थान, राजाको सम्पत्ति र हतियार व्यवस्थापनमा आठ दल सहमतिको नजिक पुग्नु भनेको आम नेपाली र नेपालका शुभ चाहनेहरुका लागि शुभ समाचारनै हो । विभिन्न राजनीतिक दलका नेतासंग भएका भलाकुसारी, राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा ब्यक्त गरेका धारणा अनी सञ्चार माध्ययमा आइरहेका समाचारको आधार भन्ने हो भने माओवादी र सात दलविच हतियार व्यवस्थापन र राजसंस्थाको विषयमा निम्न सहमति कायम भएको देखिन्छ । राजा विरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गरी ट्रष्ट मार्फत संरक्षण गर्ने । राजा ज्ञानेन्द्रको पुर्खौलि सम्पत्ति राष्ट्रियकरण गरी राज्यकोषमा गाभ्ने । संविधान सभाको पहिलो बैठकले राजतन्त्रको विषयमा निर्णय गर्ने । संविधान सभा मार्फत राजसंस्थाको स्थानको विषयमा स्पष्ट नभएसम्म राजसंस्था अधिकारविहिन बनाएर राख्ने । प्रतिशतको आधारमा माओवादी र नेपाली सेनाको हतियार लक गर्ने । कात्तिक मंसिर महिनाको पहिलो हप्ता भित्र अन्तरिम संविधान लागु गरी अन्तरिम सरकार र अन्तरिम संसदको निर्माण गर्ने । मलाइ यि विषयमा आठ दलका नेताहरु सहमत भएका नै हुन् भन्नेमा किन विश्वास भयो भने आजवाट एकाएक अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी फेरी राजनीतिक दलका नेतासंग भेटवार्तामा सक्रिय हुन शुरु गरेका छन् । आज उनले एमाले महासचिव माधवकुमार नेपालसंग भेटवार्ता गरेका रहेछन् । संयोग पनि कस्तो नेपाल निवास कोटेश्वरमा विहान माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइसंग नेपालको भलाकुसारी भएको थियो । त्यसको लगत्तै दिउस मोरियार्टीसंग फेरी नेपालको पार्टी कार्यालयमा भलाकुसारी भएको रहेछ । पक्कै पनि मोरियार्टीको यो भेट माओवादीले के के भने , सात दल र माओावदीविच हतियार व्यवस्थापन र राजसंस्थाको विषयमा के सहमति भयो, आदी कुराको चुरो पत्ता लगाएर वासिङ्गटनमा रिपोर्ट गर्नै हो । अब यसमा नेपाल मोरियार्टीका सहयोगी हुन् कि हैनन् त्यो थाहा हुनसक्ने कुरो भएन । तर यसरी विहान माओवादीका नेतासंग र लगत्तै दिउस अमेरिकी चम्चासंग भेट गर्दा भने कताकता दालमे कुछ काला हे भन्ने लाग्नु स्वभाविक नै हो । अनी अर्को रमाइलो कुरा है ,कहिले सेरेमोनियल किङ्ग त कहिले राजालाइ पनि स्पेश दिने कुरा गरेर गणतन्त्रका लागि लालायित नेपालीको मनका कतै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजा जोगाउने पक्षमा लागेका त हैनन् भन्ने चिसो पसेको छ । यस्तै बेलामा कुनै एक मित्रले कोइराला आफैं राजशाही पोशाकमा सजिएको फोटो पनि पठाएका छन् ।
Read Full Discussion Thread for this article