Posted by: zen_kundan October 26, 2006
मुक्तकहरु
Login in to Rate this Post:     0       ?        
रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे आफ्ना-आफ्ना ताराहरू बालेथे तर को रह्यो र अब यहाँ तिमी छौ म छु र हाम्रो रहर बाँकी छ --भीमदर्शन रोका ---------------------------------------- कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो -- हरिभक्त कटुवाल
Read Full Discussion Thread for this article