Posted by: Birkhe_Maila October 24, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
Freestyle ले कहिलेकाहिँ सिकारु गजल लेखकहरुलाई बिगार्छ भने कहिलेकाहि हौसला बढाउँछ! :) केहि युवा लेखकहरुको गजलहरु- नशा नै नशा ती छरेँ जिन्दगीमा (राज पाखे) नशा नै नशा ती छरेँ जिन्दगीमा अनेकौ भुलैया गरेँ जिन्दगीमा उकालो छ बाटो भनी जान्द थेँ म उँधो तर्फ आफैँ झरेँ जिन्दगीमा म हिँड्थे हँसाएर सारा समाज कठै! आज आँखा भरेँ जिन्दगीमा बगी कल्पनामा म झस्केर उठ्दा नितान्तै म एक्लो परेँ जिन्दगीमा बिहानी भए झैँ थियो चाह बाँच्ने पर्यो रात आजै मरे जिन्दगिमा परेलीले कुराकानी गरेको रात सम्झन्छु (नारायण निर्रषी) परेलीले कुराकानी गरेको रात सम्झन्छु तिमीसँगै बसी प्याला भरेको रात सम्झन्छु सुनौलो प्रेमको डाली तिमीले प्रेमले भर्दा सबैले लोभले आँखा तरेको रात सम्झन्छु फुलेको फूलका थुङ्गा दुवै यी ओठमा टाँसी तिमीले मग्मगी वास्ना छरेको रात सम्झन्छु बलेको अग्निझैँ हामी नशाले लठ्ठिँदा फेरि उषाको शील झैँ आफै झरेको रात सम्झन्छु जुनेली रातमा छाया सरेझैँ आज आँखामा तिमी ओझेल बिस्तारै परेको रात सम्झन्छु मसँग रमेको साथ रश्मि ‘असफल’ मसँग रमेको साथ कस्तो लाग्यो तीतो टर्रो मेरो बात कस्तो लाग्यो अँकुराउनै लाग्या विश्वासको बीज धोकाले पुरेको घात कस्तो लाग्यो अब एक मात्र भनी प्युँदै जाँदा होश हाराएको मात कस्तो लाग्यो आफ्नो स्तर हेर्न यथार्थमा आउँदा हृदयमा बज्रपात कस्तो लाग्यो टुक्रेको थ्यो जब हामी दुईको मुटु सम्झी-सम्झी रो'को रात कस्तो लाग्यो www.tanneri.com
Read Full Discussion Thread for this article