Posted by: CaMoFLaGeD October 24, 2006
Login in to Rate this Post:
0
?
भाइटिकाको अवसर पारेर हिजो घरतिर फोन गरियो। यस्तै यस्तै बेलामात्र हो दिदी र बहिनी दुबैजना सङ्ग एकैचोटी कुरा गर्ने मौका मिल्ने। निकै बेर कुरा गरियो, केटाकेटीहुँदाको कुरा गरियो, जिस्केर कुनैबेला खाली खाम दिएको सम्झना गरियो, रुमालको रङ मन नपरेर पैसा घटाएइका क्षणहरुको स्मरण गरियो। यस्तै रहेछ यो जिन्दगीपनि, राम्रो भविस्यको खोजी गर्दा गर्दै रमाइला बर्तमानहरु छुटाउनु परिरहेको छ।
यहाँ चौतारीमापनि रमाइला दुई कविता आएका रहेछन् मिस र तितौरीबाट। सार्है राम्रा कविताहरु।
भाइटिकाको उपलक्ष्यमा चौतारीमा नियमित रुपमा आउनुहुने दिदी बहिनी, बेला बेलामा आउनुहुने दिदी बहिनी अनि यसो चिहाएर केहि नबोली जानुहुने दिदी बहिनी सबैलाई धेरै धेरै शुभकामना।
अब सबैले देउसी रे भनिरहेको बेला मैले चाँहि किन नभन्ने नि, हैन?? लौ मैले नि भने: देउसी रे!!!