Posted by: miss_ me October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
:) आज विशेषत:भाइटिकाको अवसरमा चौतारीमा आउने हुने सबै आदरनिय दाजूहरु तथा प्यारा भाइहरुलाई धेरै धेरै शुभ-कामना अनि तिहारको निम्तो पनि .... यो मेरो गनथन मेरोआफ्नै दाजूहरु र चौतारीमा दिदी र बहिनी सम्झेर माया गर्ने हजूर हरुको नाम मा समर्पित ----- सप्तरंगी टिका जस्तै तिम्रो जीवन रंगी रहोस थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस पत्र-सयपत्रीको जति तिम्लाइ खुसी मिलोस मखमली फूल जस्तै नओलाउने जीवन रहोस घेरीदिए तिमीलाई बासुधारा तेल राखी पूजीदिए तिमीलाइ पञ्चज्योति बत्तिसाक्षी जित अनि दिर्घायूको कामनागरी मनभरी फोडिदिए दु:ख- बाधा आउने ति बाटोभरि बढिरहोस यात्रा त्यो निरन्तर गोरेटोमा चुमीरहोर शिखरले सधै तिम्रो पाइलामा शब्दभरि कोरिदिए मनभीत्रको भावना फलोस फूलोस तिम्रो जिवन यहि मेरो शुभ-कामना।।
Read Full Discussion Thread for this article