Posted by: gaalab October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
रिकुटे और सबलाई हमार तरफसे पनि सलुट छ। कुम्लेलाई नमस्कारको प्रतिउत्तरमा नमस्कारम्! चाइन्जो, गोतामेजी - law of conservation of Energy लाई बुझे पनि नबुझे पनि, मनले माने पनि नमाने पनि त स्वीकार गरिएकै छ भने law of conservation of Money त झन बुझ्न सजिलो छैन र? जूवामा कसैले हार्छ भने कसैले जितेको त पक्कै हुन्छ। मान्छे लोभी प्राणी भएकोले मात्रै पैसा मारेको दिन मोज गर्नुभन्दा पैसा हारेको दिन खोज गर्छ। त्यसैले जूवा भनेको पैसा हार्ने कुरा हो भन्ने मानसिकता बसेको हो। हैन र? :) >>गालब् को जबाब् हासुठ्दो लाग्यो - कसरि जुवा ले पैसा जोगाउने र गोरु रोगाउने होला? lol :p ए तितौरी, ल यहाँ सुन!! जुवा दुइटा गोरुको काँधमा राखेर, गोरु जोताइन्छ। र, त्यही जुवाको कारणले धेरै गोरुको काँधको छाला खियाएको हुन्छ। कति गोरु त खटिरा परेर बिरामी पनि हुन्छन्। भनेसि, जुवाले गोरु रोगाउँदो रैछ कि रैनछ? अनि जहाँसम्म पैसा जोगाउने कुरा छ, माथिको अनुच्छेदमा भने झैं जूवा खेल्नाले पैसा हात पर्यो। अब तिहारको बेलामा गर्नुपर्ने दान दक्षिणा, खर्च-पर्च आफ्नो खल्तीको पैसाको सट्टामा जूवामा मारेको पैसाले चलाएसि, आफ्नो पैसा बचिहाल्यो नि त!
Read Full Discussion Thread for this article