Posted by: Birkhe_Maila October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जदौ!! हाम्राँ त धान काट्ने चटारोले एउछिन फुर्सत छैन के रे। कइले एता कइले चाइन्जो उता अर्दा अर्दै त्यार लाईसकेछ। अब उ बेलाँ सेल रोटि कुटुक्क टोक्दै दिओ बालेर चाइन्जो भैलेनि कुर्दै बसिन्तो, अइले त सेल खाम भने भुँडि ले दिँदैन, दिओ बालुम भने तिहुनाँ हाल्ने तेल छैन घराँ! गाममा ठिटा ठिटिले रडाको मच्चाईराका रछन्। यि असत्तिहरुले भजन देखाम्न लाने भनेर पोई खोज्ने गिद देखा’र बुडेसकालाँ झन्डै ढाड खुस्किएन गाँठे! हिजो धन्न गोताएँले ल्याको एउसिसि हरलिस खाएसि ताकत आओ चौतारि सम्म आम्न सकिओ। सपैलाई त्यार लाईरा रेछ। लु मेरो नि शुभकाउँना छ सपैलाई! जोई नभका ले भनेअस्तै जोई पाऊन, पोई नभकाले भनेअस्तै पोई पाऊन;! जोई भ’का र पोई भ’का ले छर्रछरि पाम्नु, छर्छरी भ’काले नाती नातिना पाऊन्! आकाशे छानामा बस्नेले झुप्रो पाऊन, झुप्रोमा बस्नेले महल पाऊन! अन्नपानीओ छेतोखेलो होस, बेथा बिरामको दोहोलो होस!! च्व…च्व…च्व..राँगेओ केराको थम्बा अस्तो रिकुटे ज्यानमा, काँडा बिजेर दुम्सि अस्तो बनाएछ! अइले चाल्नो अस्तो भा’छ रे!! अनि मैले बारिआँ काँडा उमारेँ रे??? क्यार्न काँडा उमार्दाहुम? त्यारको बेला , सयपत्रि र मखमलिले ढपक्क फुलेको छ, अर्कैको बारिमा पसेछौ!! (मनमनै " राँगे बजियाले हँसाम्न सम्म हँसाओ गाँठे!! :)) तितौरी नानि, ल हेर हेर, त्यार ला’र होला रंगि-चंगि हाँसो छ त!!
Read Full Discussion Thread for this article