Posted by: CaMoFLaGeD October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
कुरा प्रस्टै छ नि! पून्टे दाई र चित्रे बिच हिजो सल्लाह भएको थियो। पून्टे दाई: हेर चित्रे! भोली देउसी खेल्न आउँदा धेरै पैसा माग्ने होइन है! त्यसैपनि तासमा हारिरहेको छु। चित्रे: भइहाल्छ नि पून्टे दाई। तर मलाई के ब्यवस्था हुन्छ नि? पून्टे दाई: अब तेहि हो! जम्मा १५ को बजेट हो एउटा देउसे ग्रुपलाई, जत्ति बचाउछस् त्यत्ति तेरो। चित्रे: ल ठिक छ! भोली म ५ रुप्पे भन्छु, अनि तपाइँले त्यत्ति दिनु बाँकी १० पछि लिन्छु। ल यहि हो कुरो चाँहि। अब जे गर्ने हो आफैँ गर्नु है तितौरी! आफुँ त जे देखियो त्यहि भन्ने हो, न यताको कुरो उता लगिन्छ न उताको कुरो यता ल्याइन्छ। सानै देखिको राम्रो बानी हो क्यारे! :पि
Read Full Discussion Thread for this article