Posted by: Hamrosamachar.com October 21, 2006
राजाका आगनमा देउसी
Login in to Rate this Post:     0       ?        
एक बरिष्ठ महानुभावले हाम्रो समाचार डट कममा यो कविता प्रकाशित गर्न संप्रेषण गर्नुभयो । हुन त एक दिन पछि यो कविता अरुको ईमेलमा पनि पठाएको जानकारी पाए । यसो सोचे यो कविता सबैको ईमेलमा नआएको हुन सक्छ भनेर यसमा पोष्ट गरि दिए । कविता पढ्दा चित्ताकर्षक छ भन्ने ठानेको छु । तर यो कविताको वास्तविक रचनाकार को हो भन्ने कुरा हामीलाई थाहा छैन । -------------- राजाका आगनमा देउसी ----------------- कृष्णजङ्ग आए आगन, सरकारको वयान मागन हे औ "सीको दिन गाई तिहार किन ? भैलो ! बयान दिने सबैले, माथिको आदेश भन्दिए माथि भन्या कता होला, थाहा छ कि सरकार ? जनताले राजधानी घेरेको , हेलिकप्टरबाट हेरेको यसो भन्छन पत्रकार, कि कसो हो सरकार ? भीमसेन दाहाल ढालेको, बेलुका नाचगान थालेको हल्ला होला तै पनि , मिल्छ कि सोध्न सरकार ! बहुदललाई फालेर , भतुवा कुकुर पालेर आफैले खनेको खाल्डोमा खस्ता दुख्यो कि कतै सरकार ! ७५ हजार रोपनी, देखिएको मात्रै त्यो पनि उद्योगधन्धा बैक व्यालेन्स खुसुक्क था पाउ न सरकार ! ६ हजार घाइते पारेको, २५ जनालाई मारेको अपराधको जिम्मेवारी कसलाई दिने सरकार ? रिपोर्टलाई राम्रो जिनिस भो , वयानको सराद्धे फिनिस भो हे औ "सीको दिन गाई तिहार किन ? भैलो !
Read Full Discussion Thread for this article