Posted by: CaMoFLaGeD October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नेप्चे, त्यसो भए मलाई पनि बुढेसकालले छुएछ! :डि हुन त तिमीले भनेका घटनाहरुपनि नदेखेको होइन तर त्यस बिषयमा लेख्न त्यत्ति मज्जा नआउने रहेछ। केटा मान्छेहरु जत्ति बिग्रेपनि, खत्तमै भएपनि हामीलाई के? केटीमान्छेहरु राम्रा भइदिए हामी केटाहरुको कल्याण भइहाल्छ नि। त्यसैले कथामापनि बिग्रिने भाग केटाहरुलाई राखेर राम्रो जत्ति महिलाहरुको लागी छुट्याएको हो मैले। अनि अर्को कुरा, जस्ता बिग्रेका केटाहरुपनि राम्रा केटीहरुको हातमा परेपछि सुध्रिन्छन् तर राम्रा केटाहरु नराम्रा केटीहरुको हातमा परे भने सखाफै हुन्छन्। त्यहि भएर, कथैमा भएपनि राम्रा केटीहरुको सङतले म जस्तो बिग्रेको मान्छेपनि सुध्रिन्छु कि भनेर हो मैले कथामा महिला पात्रहरुलाई सधै राम्रो बनाएको। लु यहि हो कुरो नेप्चे, अँ साच्चि! यो कथा पुरै काल्पनिक हो है, उषा र रूपेश दुबै काल्पनिक पात्र हुन। :) अनि तिहारको के छ प्लान नि भाई?
Read Full Discussion Thread for this article