Posted by: kp dhungana October 17, 2006
उद्योगीलाइ जनताले लोप्पा ख्वाए
Login in to Rate this Post:     0       ?        
सरकारलाइ तर्साउनका लागि अदालतको आदेशको अवज्ञागर्दै आम हड्ताल गर्न पुगेको उद्योगि व्यवसायिहरु आखिर फ्लप भएका छन् । उनीहरुले राजनीतिक दलले आव्हान गरेको आम हड्तालको प्रभाव देखेर उनीहरुले आन्दोलनको घोषणा गरिहाले तर, राष्ट्रको अरावौ ऋण नतिरेर मोटाएका ब्यपारिले घोषणा गरेको आन्दोलन राजनीतिक दल र विद्यार्थी संगठनको जस्तै प्रभाव कहां पर्थ्यो र । सधै राजनीतिक दलको आन्दोलन हेर्नेगरिन्थ्यो आज व्यापारिको पनि कस्तो रहेछ भनेर हेर्न मन लाग्यो । चुच्चेपाटी सडकमा आएको सडक त बाक्लै रहेछ । प्राय यातायातका सबै साधन चलेका थिए अनी पसलहरुपनि प्राय खुलेका नै थिए । सायद अलि टाढाको भएर होला भनेर चावलिह चोक पुगे त्यहाको दृष्य पनि उस्तै थियो । भएन अब मुल व्यापारिक थलोमा नै जानु पर्यो भनेर पुतलि सडक आएको त्यहाको माहौल पनि उस्तै नै थियो । सडकमा सवारीसाधनको चाप नै थियो अनी पसलका सटरहरु पनि खुल्ला नै थियो । एकैछिनमा सडकमा उम्भिएको ट्राफिक केही सक्रिय भए् गाडिहरु रोक्न थाले । के भयो भन्ने जिज्ञासा लागेर एउटालाइ सोधेको व्यापारिको जुलुश आउंदै छ रे । लौ जुलुश पनि हेरौ भनेर बसे केही छिन । करिव १० मिनेटमा प्रहरी भ्यान आयो । भ्यानको पछाडि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल सहित करिव २० जनाको समुह थियो । जुलुश त्यही रहेछ । उनीहरु सडकमा चलेका सवारीको चापको विचमा बन्दको आब्हान गर्दै हिडिरहेका थिए । विचार कम्ति निरीह देखिएका थिएनन् त्यो बेलामा । ब्यापारिको बन्द किन असफल भयो त - यो विचरणिय पक्ष हो । उनीहरुले माआवादीको चन्दा आतंक लगायतका केही विषय उठाएर आन्दोलनको घोषणा गरेका भएपनि वास्तवमा राज्य आफ्नो डुवेको ऋण उठाउन सक्रिय रहेको बेलामा राज्यलाइ असहयोग गर्न आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले यसका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसंग पनि भेट गरेका थिए । तर, सहमति हुन सकेकन । सहमति कसरी गर्ने । उनीहरु राज्यको पैसा डुवाएर बनेका कथित व्यापारी न ठहरिय । उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले करिव एक अर्व ऋण तिरेका छैनन् । तयारी पोशाकका व्यापारीका रुपमा चिनिएका ढकालको अमेरिकामा पेट्रोल पम्प रहेको खुलासा भइसकेको छ । आफ्नो देशसंग ऋण लिएर अर्को देशमा गएर व्यापार गर्ने तर ऋण नतिर्ने ढकाल नै उद्योगिको नेता बनेर सडमा आन्दोलनमा उम्भिएपछि कस्को के लाग्छ र । उनी मात्र हो र नेपालमा गनेचुनिएका जत्तिपनि ब्यापारी छन् उनीहरु ब्यापार गरेर मात्र टिकेका छैनन यहां । अधिकांशको व्यापार भनेको उद्योग खोल्ने, वाणिज्य बैंकवाट ऋण लिने अनी ऋण नतिरेन् उनीहरुको सबैभन्दा राम्रो धन्दा हो । Souece : www.hamroblog.com
Read Full Discussion Thread for this article