Posted by: Poonte October 17, 2006
Login in to Rate this Post:
0
?
तिहार मनाऔं भुनेर साथिहुरले अस्ति शनिबार जमघट गरेथे फेरि। अरु के हुन्थ्यो? जुवा खेल्नि निहुँ चाईएको सबैलाई। थुप्रै नयाँ अनुहारहरुनि देखिएथ्यो।
आफ्नो त भनि हालें नि, कुईयेको दाऊँ यसपाला, शुरुमै नराम्रो लक्षण देखाइ हाल्यो। लँगुर बुर्जाँ अलि अलि हार्दै थिएँ, उकुस मुकुस भ'र के निहुँ पारुम् र ऊठुम् भईरा'थ्यो।
नयाँ अनुहार मध्ये २-४ जान त स्याङ्जालीहरु र'चन्। चिनजान भएसि "बन्धु" लाउँदै धनिष्टता बढ्यो। एकैछिना त बन्धुहुर त एउटा कुना गुट्मुटिएर कौरा गाउन थाले! मरिजाम्, एउटा बन्धुको त मुटु नै किटिक्कै पार्नि मीऽऽऽऽऽऽऽऽऽऽऽऽठो श्वर त नि! त्यो माथि, "लाईभऐ कौरा नसुनेको जुग भा'थ्यो आफ्नो!
के खोज्छस् कानो, आँखो भो मुलाई त। म त गीत सुन्न गईं भुनेर जुरुक्कै उठिदिएं खालबाट!
त्यसपछि त रात छरलंगै पारियो कौरा सुनेर! बिहान ६ बजे त घर फर्केको!
तो गाउने मुख्य बन्धु सेतीदोभान को रे, अर्का नि थिए वालिङ् कै! फोन नम्बर नि साटेम्। भोलिपल्ट फोन पनि हानेम्। अब फेरि नाच गान मत्रै गर्ने जमघटको चाँजो मिलाउने भा'छम् केर। त्यसबेलाँ रिकर्डै गरेर राख्दिम्ला चोतारीआँ पनि!
रामोऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ राम, सिताऽऽऽऽऽऽऽऽऽऽ पोई! बिसित्तै रमईलो गरे गाँठे बन्धुहुरले!