Posted by: kp dhungana October 16, 2006
के गर्दैछन् राजा
Login in to Rate this Post:     0       ?        
बालुवाटारमा राजतन्त्र राख्ने कि नराख्ने विषयमा गरमागरम बहस चलिरहेको बेलामा राजा ज्ञानेन्द्र शाह रमको रमरममा घोसेमुन्टो लगाएर बसिरहेका छन् भन्ने तपाइको सोचाइ छ भने तपाइ सत् प्रतिशत गलत हुनुहुन्छ । कारण ज्ञानेन्द्र शाह सहजै हार मान्ने ब्यक्ति हैनन् । उनी राजनीतिका चतुर खेलाडी हुन् भन्ने त उनले दुइ वर्षमा देखाइ नै दिएका हुन् । आखिर उनी के गरेर बसिरहेका छन् त आउनुस् विचार गरौं । ज्ञानेन्द्र अहिले राजदरवार बसेका छैनन् । उनी अहिले बालाजु रानी बनमा रहेको सानदार नागार्जुन दरवारमा बसिरहेका छन् । जङ्गलको विचमा हावा खाएर बसेका छैनन् उनी, राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने मिठो सपना देखिरहेकालाइ कसरी हावा ख्वाउने, उनको सोचाइ नै यसमा छ अहिले । यसै विषयमा छलफल साप्ताहिकमा एउटा समाचार प्रकाशित भएको छ आइतवार । समाचार अनुसार अहिले राजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा जनमत निर्माणका लागि संयुक्त प्रजातान्त्रिक मोर्चा गठनको तयारीमा लागेका छन् । समाचार अनुसार उनले यसका लागि त्यही माघ १९ का हरुवा खेलाडिको भरमा पर्न थालेका छन् । यसका लागि उही पुराना खेलाडी तुल्सि गिरी, मरिचमान सिंह, किर्तीनिधि विष्ट लगायतकाको भरमा परेका रहेछन् । समाचारमा गत बुधवार राजाले शाहीकालमा उपाध्यक्ष किर्तीनिधि विष्टसंग भेट गरेका रहेछन् । भेटको अवसरमा उनले राजतन्त्रको पक्षमा जनमत निर्माणका लागि राजावादी पार्टीहरुको संलग्नतामा संयुक्त प्रजातान्त्रिक मोर्चाको गठनमा जोड दिएका थिए । बुधवारको समाचार र हालै भारतको भ्रमण सकेर नेपाल आएका म्यानपावर पार्टी अर्थात जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाको भनाइ याद आयो मलाइ । थापाले दिल्लि भ्रमणवाट फर्केकै दिन संयुक्त प्रजातान्त्रिक मोर्चाको कुरा गरेका थिए । यता माओवादी पनि संयुक्त गणतान्त्रिक मोर्चा गठनको गृहकार्यमा रहेको बेलामा सायद त्यसैलाइकाउन्टर पार्टका रुपमा यो प्रजातान्त्रिक मोर्चाको अवधारणा अगाडि आएको हुनुपर्छ । मोर्चा गठनका लागि दशै अगाडि पञ्चायतकालमा अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको धुम्बाराहीमा रहेको घरमा पुरव् पञ्चेहरुको भेला भएको रहेछ । भेलामा तुल्सि गिरी, मरिचमान, राजेश्वर देवकोटा, कमल थापा लगायतका मण्डेहरुको सहभागिता रहेको थियो । भेलामा मोर्चाको गठन कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो । यसभन्दा अगाडि पनि दरवार आफ्ना विश्वासपात्रहरुसंग विचारविमर्श गरिरहेको नै थियो । अहिले दरवारको पक्षमा खुलेर देखिएका भनेका माघ १९ का सत्ताधारीहरुको बाहुल्यता नै रहेको छ जस्को कुनै जनाधार छैन । यसका लागि उनीहरुलाइ केही प्रतिशत जनाधार भएको पार्टी पाएपनि ठुलो राहत हुने छ । यसका लागी उनीहरुको आखामा परेको भनेको पशुपति शमशेर राणाको राप्रपा, थापा बाबुको म्यानपावर पार्टी नै हो । अहिले दरवार कांग्रेसलाइ आफ्नो पोल्टामा पार्नका लागि पनि भरमग्दुर लागिरहेको छ नै । अहिले दरवारको रणनीतिको निर्माणका लागि दरवारका मुख्य सचिव पशुपतिभक्त महर्जन सक्रिय रहेका छन् । यसपालिको दशैमा सरकारमा रहेका दलले आफ्ना आसेपासेलाइ दशै खर्च कत्ति बांडे भन्ने खुल्न नआएपनि दरवारले भने दलको सिको गर्दै दशैमा , राजनीतिज्ञ र पत्रकारलाइ पैसा बाडेको रहेछ । मेरो एकजना परिचित मित्र पनि दरवारको लिष्टमा परेका रहेछन् । उनी दरवारवाट फोन आउंदा दगैं परेका थिए रे । के रहेछ भनेर बुझ्न जांदा उनलाइ दरवारको गेटमा खाम सहित हस्ताक्षरको आग्रह भएछ । के रहेछ भनेर हेरेको पांच हजार बुझिलिए भन्ने लेखिएको रहेछ । त्यसपछि आफु पछि आउछु भनेर भागेको उनले बताएका थिए । उनलाइ हस्ताक्षरको लागि ल्याएको पन्नाहरु करिव पांचवटा रेहछ । त्यसमा पक्कै पनि दरवारलेृ पैसा बाड्नेहरुको नाम नै त होला । पत्रकारलाइ पांच हजार अनी सांसदको २५ हजार रेट राखेको रहेछ दरवारले । यत्ति मात्र कहां हो र दरवार अहिले राजनीतिक दलमा रहेका आफ्ना दासहरुको परिचालनमा पनि मरेर लागेको छ । त्यसमा कांग्रेस र एमालेका बढि रहेका छन् । यत्ति कुराले नै दरवार फेरी सत्ता हत्याउने सुरमा रहेको प्रष्ट हुंदैन र ? Source : www.hamroblog.com
Read Full Discussion Thread for this article