Posted by: Yahoooooo October 15, 2006
CoNdOm DaY
Login in to Rate this Post:     0       ?        
एड्स न्यूनिकरणका लागि सरकारी निकायले चासो नदेखाएको गुनासो नेपाल जापान डट् कम् सम्वाददाता काठमाण्डौ अक्टोबर, १५ एचआइभी/ एड्सको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुले एड्स न्यूनिकरणका लागि सरकारी निकायले चासो नदेखाएको गुनासो गरेका छन् । जिल्ला विकास समितिले एड्स रोकथामका नाममा प्रत्येक वर्ष खर्च गर्ने बजेट एचआइभी संक्रमितहरुको हितमा नभएको भन्दै उनीहरुले सरकारी प्रयास निरर्थक भएको बताएका छन् । एडस न्यूनिकरणका लागि आवश्यक रणनीति तयार गर्न एचआइभी/ एड्सको क्षेत्रमा काम गर्ने संघसंस्था र सरकारी निकायका प्रतिनिधिसँग एभरेष्ट प्रेस क्वलबले शनिवार विहान बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले एड्स रोकथाम र जनचेतनाका लागि समस्या देखिएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरी लक्षित वर्गमा कार्यक्रम लैजानुपर्नेमा जोड दिए । एचआइभी/संक्रमितहरु ग्रामीण क्षेत्रमा बढी देखिने गरेका तर एड्स न्यूनिकरणका लागि संचालित कार्यक्रमहरु भने शहर र विकसित गाविसहरुमा मात्रै भएको भन्दै उनीहरुले यसबाट कुनै प्रगति नभएको बताए । कार्यक्रममा बोल्दै नवकिरण प्लसका दुधबहादुर थापाले १ सय ५ जना एचआइभी/संक्रमितहरु आफ्नो संस्थाको सम्पर्कमा आएको बताउँदै ती मध्ये २० प्रतिशत पुरुष, ५ प्रतिशत बालबालिका तथा अरु सबै महिला रहेको बताउनुभयो । कार्यक्रममा नमुना एकीकृत विकास समाजका खगेन्द्र क्षेत्री, नौलो घुम्तिका राजेन्द्र अर्याल, बर्ल्डभिजनका कृष्ण गिरी, परिवर्तनका लागि कार्यरत महिला समूह वाचका वामदेव सुवेदी, ब्लु डायमण्ड सोसाइटीकी कोपिला शर्मालगायतले एचआइभी/संक्रमितहरुलाई साथमा लिएर कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए । क्षेत्रीय संचार स्रोत केन्द्रका अध्यक्ष हरि लम्सालको सभापतित्व, क्लबका अध्यक्ष शिवकुमार खडकाको स्वागत तथा प्रकाश हुमागाईको संचालनमा भएको कार्यक्रममा पुनरावेदन अदलात बुटवलका रजिष्टार डिल्लीराज आचार्य, बुटवल नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण ज्ञवाली, डोलराज पौडेल, इलाका प्रशासन कार्यालयका कृष्ण नेपाल, ट्राफिक प्रहरी निरिक्षक गोविन्द आचार्य, नेपाल परिवार नियोजन संघका दिनेश जोशीलगायतले आफ्नो धारणा राखेका थिए ।
Read Full Discussion Thread for this article