Posted by: Sandhurst Lahure October 15, 2006
Late Dr. Harka Bdr. Gurung
Login in to Rate this Post:     0       ?        
Source: http://www.kantipuronline.com/kolnepalinews.php?nid=88567 ********* सम्झनामा हर्क गुरुङ डीबी गुरुङ डा. हर्क गुरुङको मृत्युले संसारकै बौद्धिक दुनियाँमा रिक्तता उत्पन्न भएको छ । डा. गुरुङ ज्ञान एवं विवेकका खानी थिए । उनको अन्तदर्ृष्टि एवं वाक्पटुता आत्मासम्मै पुग्ने खालका हुन्थे । उनी आफैंमा संस्था मात्र थिएनन् एक व्यक्ति 'थिंक ट्यांक', प्रखर लेखक र विश्वस्तरका ज्ञाता थिए । यी कुराभन्दा पनि माथि उनी सच्चा राष्ट्रवादी र अटल प्रजातन्त्रवादी थिए । उनी सामाजिक र आर्थिक दृष्टिले सीमान्तकृत गरिएकाहरूका पक्ष्ामा खरो उत्रने अथक योद्धा पनि थिए । उनको मत थियो- सामाजिक एवं आर्थिक न्यायबाट मात्रै साँचो अर्थमा राष्ट्रलाई एकबद्ध गर्न सकिन्छ । यथार्थमा कुनै पनि भाषामा सायदै कुनै विशेषण होलान् जुन यी महान् व्यक्तिमा प्रयुक्त हुन सक्लान् । उनी बौद्धिक दुनियाँका जिउँदो धरोहर थिए । डा. गुरूङसँग पहिलोपल्ट सन् १९९२ मा भेट भएको थियो, जुनबेला उनलाई मेरो पहिलो कविता संग्रह दिएको थिएँ । यस बीच म मुलुकमा नरहेको हुँदा सन् १९९९ मा म स्वदेश नर्फकेसम्म हामी सम्पर्कविहीन रह्यौं । उनी मेरा तीन पुस्तकको लोकार्पणमा सभापति वा प्रमुख अतिथि रहे । यसबाहेक हामी कैयौं बेला साथसाथै रह्यौं । अढाइ वर्ष पहिले 'नेपाल टुमारो ः भ्वाइसेस एन्ड भिजन्स' को लोकार्पण समारोहमा आमन्त्रित वक्ताको रूपमा बोल्दै डा. गुरुङले भनेका थिए- 'म डीबीलाई उनका कामका आधारमा मन पराउँछु न कि हामी दुईको थर एउटै भएर हो, हामी नातेदार होइनौं ।' उनले सही भनेका थिए । हामीबीच रगतको नाता थिएन । तर पनि यी व्यक्तिप्रतिको आदर मेरो निम्ति रगतभन्दा पनि प्रगाढ थियो । उनको अकल्पनीय मृत्युले मेरो हृदयमा गहिरो चोट लागेको छ । मैले उनका भनाइ एवं गराइमा कहिल्यै पाखण्ड र तामझाम देखिनँ । उनको स्पष्टवादिता एवं ओजपूर्ण तर्क असाधारण प्रस्तुतिका मानक हुन्थे । उनी समयका पुजारी थिए र घडीभन्दा पनि चनाखो रहन्थे । डा. हर्क गुरुङ र म शान्ति स्थापनामा समर्पित गैरसरकारी संस्था 'प|mेन्ड्स फर पिस' का बोर्ड सदस्य थियौं । यस कारणले पनि हाम्रो अक्सर भेटघाट भइरहन्थ्यो । जब उनी कुनै कार्यक्रमका अति विशिष्ट लहरमा हुन्थे, त्यसबखत प्रेक्ष्यालय नै शोभित हुन्थ्यो । हामी दुईलाई कार्यक्रमको समापनपछि सँगै ल्याउने एउटा कारण थियो, त्यो हामी दुवै धूमपानका अम्मली थियौं । हामी प्रत्येकपटक भीडबाट अलग्गिएर धूवाँ उडाउने ठाउँको खोजीमा हुन्थ्यौं । निश्चय नै डा. गुरुङ मेरो जीउडालभन्दा केही साना र मभन्दा केही इन्च होचा थिए तापनि म एउटा चुलिँदो स्तम्भका अगाडि धूवाँ उडाउँदै गरेको अनुभूत गर्थे । यथार्थमा उनी यस 'रोगग्रस्त मुलुक' का सौम्य हस्ती थिए, जो सामन्तवादी, फटाहा राजनीतिकर्मीहरू एवं पाखण्डीहरूबाट संक्रमित छ । डा. गुरुङ चाहे भाषण होस् वा व्यक्तिगत कुराकानी कम शब्द खर्चन्थे, जुन शब्द तर्क र सुरुचिपूर्ण हुन्थे । आफ्ना सहस्र भाषणमा उनी हाँसोको पर्रा छुटाउन चुक्दैनथे । उनको रगतमै विनोदपि्रयता रहेको हुँदा रसिला थिए । म जब उनलाई भेट्थेँ एउटा भीमकाय मयुरका अगाडि चुँ चुँ गर्दै गरेको चल्लाझैं अनुभूत गर्थें । जुनबेला पनि म प्रश्नको सगरमाथा लिएर उनी समक्ष पुग्थेँ । म एउटा ढिस्कोमै उभिएको हुन्थेँ । उनको जाज्वल्यमान व्यक्तित्वको अगाडि म घाममा राखिएको कपुरझैं हुन्थेँ । म उनको निवासमा पुगेपिच्छे आश्चर्यमा पर्दथेँ । करिब दुई महिना अगाडि उनले मलाई दुई फोटा हाँस्दै देखाएका थिए । एउटा तस्बिरमा तन्नेरी हर्क एउटा ठूलो रूख र चट्टानको पृष्ठभूमिमा देखिन्थे । 'ल हेर यसै ठाउँमा' उनले अर्काे फोटो तेर्साउँदै भने, 'त्यो चाहिँ बूढो हर्क हो, ४० वर्षपछिको ।' उनी सिर्जनशील थिए । त्यसैले तुलना गर्ने कार्यमा उनी वाचाल देखिन्थे । उनको विशेषज्ञता भूगोल, मानव/समाजशास्त्र, इतिहास, वातावरणजस्ता विषयमा मात्र सीमित थिएन, उनी पर्यटन, जनसंख्या तथा विकास योजनाबारे पनि उत्तिकै क्ष्ामता राख्थे । डा. गुरुङ अहिले हामीमाझ छैनन् । तसर्थ म उनलाई 'राष्ट्रिय धरोहर' घोषित गरियोस् भन्ने जोडदार माग गर्छु । एउटा विख्यात भूगोलशास्त्री र संरक्ष्ाणविद् भएकाले पनि डा. गुरुङ हिमाल एवं पहाड औधी रूचाउँथे र तिनीहरूसँगै पौठेजोरी खेल्थे । उनका तीन सन्तानहरूको नामकरण समेत तिनै प्रसिद्ध चुली हिमालचुली, सगरमाथा, मनासलुबाटै गरिएको छ । विधिको विडम्बना पनि त्यही देखियो, उनी तिनै पवित्र हिमाली काखमा चिर निद्रामा गए । एउटा चम्किलो तारा अस्ताएको छ । हामीसँग अहिले ती स्मृति शेष छन् । तर डा. गुरुङ नामको प्रकाशपुञ्जले हामीलाई अँध्यारा बाटाबाट डोर्‍याउने नै छ भन्ने विश्वासका साथ ती महान नेपालीप्रति श्रद्धाञ्जली प्रकट गर्छु । -गुरुङ ँइकोज अफ हिमालयज’ उपन्यासका लेखक हुन् ।)
Read Full Discussion Thread for this article