Posted by: Birkhe_Maila October 15, 2006
Login in to Rate this Post:
0
?
बसेर गित सुन्दै जाँदा अरूण दाईको याद आयो!
अरु संग नजोख मलाई
थाहै छ तिमीलाई म सस्तो छु
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई
तिमी भन्छौ सुन भन्दा
सस्तो हुन्छ मायाहरु
तर म भन्छु माया भन्दा
महंगो छैन केहि अरु
सुन संग नदाँज मलाई
थाहै छ तिमीलाई म ढुङ्गा हुँ
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई
तिमी भन्छौ गुराँस भन्दा
राम्रो छैन फूल अरु
तर म भन्छु गुराँस भन्दा
राम्रो प्रितिका फूलहरु
बहार संग नदाँज मलाई
थाहै छ तिमीलाई म पतझड् हुँ
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई