Posted by: gaalab October 14, 2006
Login in to Rate this Post:
0
?
बाफ्रे! ए चित्रे! प्वाइन्टको १ युरो त अति चर्को भएन र भन्या? त्यसरी खेल्न त ज्ञाने जस्ता १० पुस्तादेखि थुप्र्या सम्पत्ति खाने अपुताली छोरो हुनु पर्छ।
हारियो भने आफ्नो जायजेथा २ घन्टामा झ्वाम भैहाल्छ नि! कि अल्टर नखेल्न परो! अल्टर नखेली त्यति मज्जा आउँदैन क्यारे!
ओहो, पुन्टे दाइले डबल टणेला पारिदिया? १५ को माल घाटा लागेछ नि!!! च्व च्व यी नानीहरुलाई तिहारको दक्षिणा घाटा लाग्नी भो क्यारे!
आफूले अस्ति घराँ ३५ को माल पारियो; पैसा चै उधारोमा गयो! के गर्नी???