Posted by: MMOHAN October 13, 2006
"माइला र वादल्"
Login in to Rate this Post:     0       ?        
लक्ष्मी पूजाको अबसरमा रुपेन्देहिको माइला लाई सम्झदा *********** "माइला र वादल्" माइला, आली ताछ्नु र ड्ल्ला फोड्नु लाई पुरुषार्थ भन्दछ । ऊ अषाढको हिलोमा आफुलाई रंगेर मंसिर मा बसन्त भित्र्याउँछ । ऊ त्यस्मै मग्न हुन्छ । तर कहिले कांही वादल ले छ्ल गर्दिन्छ र ऊ रंगी न पाउँदैन । तथापी, माइला ड्गमगाउंदैन्। युगले उस्लाई चाम्रो बनाएको छ । अस्थिपन्जर देखिए पनि सिङो हिम्मत बाँचेको छ । त्यसैले जब जब वादल ले ऊ माथि छ ल् गर्छ, तब तब ऊ पुर्ख्यौली कला को प्रदर्शन गर्छ । माइला, भोक चपाएर जीत् सुसेल्छ । यसरी ऊ, वादल पराजित गर्दछ ।
Read Full Discussion Thread for this article