Posted by: shirish October 13, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
केशवराज सिल्वाल (ललितपुर) (www.nepalikavita.com) भित्ता तानातान भयो भित्ता चढन तर सकेनन् कसैले र थचारिए भुइँमा । वायुवेगमा उडेर आएको चरा ठोकियो त्यही भित्तामा र भाँचिए त्यसका पखेटाहरू । झुण्ड्याए उनीहरूले आफ्नो दौरा सुरुवाल किला ठोकेर त्यही भित्तामा र अडेस लागे आराम गर्न । टाउको ठोकेर भित्तामा बगाइरहे युवाहरूले तातो रगत । पिएर स्वतन्त्रताको ब्राण्डेड रक्सि पिसाब फेरिरहेको छ एउटा मानिस भित्तातिर फर्केर जहाँ टाँसिएको छ आन्दोलनको नयाँ पोष्टर । प्रजातन्त्र लेखिएको ठाउँनजिक जिउँदै टाँगिएको छ अर्को मानिस जिसस क्राइष्टजस्तै मौन भएर हारिरहेका छन् दर्शक जो असमर्थ छन् भित्ता नाँघ्न । प्वालै प्वाल बोकेर छातीभरि मुस्कुराइरहेको छ प्रजातन्त्रको भित्ता छेकेर प्रजातन्त्रलाई नै । यो कस्तो भित्ता हो ? भित्ताबाट उदाएको सूर्य टक्क अडिएको छ भित्तैमा पुगेर ।
Read Full Discussion Thread for this article