Posted by: CaMoFLaGeD October 13, 2006
Menina Bonita
Login in to Rate this Post:     0       ?        
गुरुदेव!! माफ पाउँ प्रभु!! गल्ती भो!! चरण कता छ प्रभुको?? हे हे हे!! के गर्नु गुरुदेव? आफ्नो त बाल्यकालपनि नेपाल भारत बोर्डरमा बित्यो। गुच्चा खेल्ने ठाउँ भनेकै दश गजा पर्यो(नेपाल भारतको सिमालाई दश गजा भनिन्छ)। क्रिकेट खेल्दा बल उडेर भारत पुग्यो भने "छक्का", गुडेर भारत पुग्यो भने "चौका" भनेर खेलिन्थ्यो। फेरि केटाकेटी हुदाँ देखि दूरदर्शन हेरेर हुर्कियो प्रभु! नेपाल टि भि त पछि मात्र आयो। त्यो पनि राम्रो नआउने, दश फीट लामो एन्टेना राख्दापनि बल्ल बल्ल अलि अलि आउँथ्यो। अनि एकैछिनमा "फुल्चोकीको डाँडामा चट्याङ पर्न लागेको ले प्रसारण बन्द गरिएको छ" भन्थ्यो। बुधबार र शुक्रबार चित्रहार हेरेर बिताइयो प्रभु। चित्रहारमा खाली यस्तै गानामात्र आउने। अनि के गर्नु? हिजो यो फोटो हेर्ने बित्तिकै दिमाग यहि गाना घन्कियो प्रभु! अनि त्यहि भएर यहि गाना लेखेँ। माफ पाउँ प्रभु!! रिसानी माफ होस! :डि
Read Full Discussion Thread for this article