Posted by: Gautam B. October 12, 2006
Login in to Rate this Post:
0
?
मलाई आज रउसी लागे जस्तो छ, मिसले मलाई पनि ढोग गरें भनेर भनेको पो सुन्छु गाँठे!
मिसलाई मैले पो ढोग गर्नुपर्नी! दण्डवत गरें मिस!
अहिल्यै काँ' लक्ष्मी-पूजा ग-या हो र मिस, पोहोरको लक्ष्मी-पूजा सम्झेको पो त! खास भन्नी हो भने मलाई त लक्ष्मीको भन्दा काग-कुकुरकै बढी भर लाउच ल! जति पूजा गरेपनि लक्ष्मी दाइना भ'की हैनन् के रे मेरा! यसपालादेखि त पूजै नगरम् कि जस्तो पो लाग्या छ!
जदौ कुम्ले। रमाईलो हुन्थ्यो बच्चामा देउसी खेल्दा। कुनै कुनै घरमा त जति कराए पनि मान्छे नउठ्नी अथवा बत्ती-सत्ती निभा'र नसुने जस्तो गर्नी। एकचोटिको देउसीमा हामी खेल्दै-खेल्दै पाखाका स्यानाबाकाँ पुग्यौं। आँगनमा पुग्ने बेला सम्म कोठामा बत्ती बल्या देखिया थ्यो, हामी आ'को थाहा पा'सी बत्ती निभ्यो। हामी आँगनमा उभिएर धेरै बेर करायौँ,तर ज्यान जाला मान्छे बाहिर निस्किने हैनन, बत्ती पनि बाल्ने हैनन्। अन्तिममा अलि झोंक चलेर ठट्यौलो पाराले "यो घरमा भूत लागोस्, पिशाच बसोस्, लक्ष्मीले कहिल्यै बास नगरुन्---" आदि भनेर हिँडियो। आँगन कटेर तल्लो घरतिर लाग्दै थियौँ, स्यानाबा झ्यालाँ निक्लेर कराउन थाले, "ए--- राँडाका छोरा हो! कल्लाई सराप्या हँ? खुट्टा-सुट्टा भाँच्दिउँ तिमेरका-----!"
हामी केटकेटीनै थ्यौँ, स्यानाबा साँच्चिकै पछि लागेर आउलान् र पिट्लान् जस्तो लागेर दुई-चार घर हापेर अलि पर पुगेरमात्रै फेरि देउसी शुरु ग-यौँ।