Posted by: CaMoFLaGeD October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
आ है! भन भन भाई हो! - देउसी रे! राम्ररी भन - देउसी रे! ए! चिप्लो बाटो - देउसी रे! लड्दै पड्दै - देउसी रे!! ए! आएका हामी - देउसी रे!! ए! केराको थम्बा - देउसी रे! पाँच भाई जम्मा - देउसी रे! हरेक साल तिहारमा मलाई त्यो बेलाको खूब याद आउछ। हामी केटाकेटी हुँदा चार पाँच जना मिल्ने साथीहरु भएर एउटा देउसे टोली बनाएर चिने चिनेको घरमा गएर देउसी खेल्थ्यौँ। नचिनेको घरमा त धेरै पैसा नदिने अनि काममात्र बढ्ने, त्यहि भएर चिनेका घरमा गइन्थ्यो अनि अलि बढी पैसा कमाइन्थ्यो। कुरो चाँहि के थियो भने, हामीहरु मध्ये जस्ले चिनेको घर छ त्यो चाँहि माथी घरमा गएर पैसाको बार्गेन गर्ने अनि अरु चाँहि तल बसेर देउसी रे भन्ने। माथी पैसाको कुरो मिलेपछि मात्र त्यो साथी हामी सङ्ग देउसी रे भन्न आउँथ्यो। अनि साथी साथी मिलेर इशारामा कति आउनेभयो भनेर कुरो बुझ्न खूब रमाइलो हुन्थ्यो। देउसी सकेपछि पैसा बाँढ्ने बेलामा चाँहि अलि टेन्सन हुन्थ्यो। भट्याउनेले अलि बढी पाउनुपर्छ भन्ने। अर्को ले मेरो आन्टीको घरमा धेरै दिएको थियो त्यहि भएर मैले अलि बढी पाउनुपर्छ भन्ने। एक रुपियाको लागी खूब झगडा गरियो त्यो बेलामा। नमेलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा। गोताएँ दाई नमस्ते। उता अर्को चौतारीमा ठुल्नानीले मलाई मिस गरिन रे। उनलाईपनि नमस्ते। मिस नमस्ते! :D
Read Full Discussion Thread for this article