Posted by: bhusan October 11, 2006
आमाछोरीको एउटै पति
Login in to Rate this Post:     0       ?        
आमाछोरीको एउटै पति ! पतिनै नभएका एक आमाछोरीले एउटै कोठामा आलो सुत्केरी बनेर बसेको सुन्दा कसलाई अचम्म नलाग्ला र ! तर लमजुङमा यस्तै भएको छ । सदरमुकाम बेँसीशहर- ९ शेरबजारकी फुलमाया बस्याल -नेपाली) र उनकी छोरी जमुनाले एउटै युवकको बच्चा जन्माएका छन्, त्यो पनि ९ दिनको फरकमा । बेँसीशहरमा ज्यामी काम गरी दैनिक गुजारा चलाउँदै आएका यी आमाछोरीले लमजुङको कुन्छा गाविसका अनिल गुरुङको गर्भलाई जन्म दिएका हुन् । एक वर्षघिदेखि उनीहरू सँगै एउटै कोठामा बस्दै आएका तर गर्भवती भएको थाहा पाएपछि अनिल भने साउनबाटै भागेका थिए । उनी कहाँ छन् आमाछोरीलाई अत्तोपत्तो छैन । फुलमायाले बिहीबार लमजुङ सामुदायिक अस्पतालमा छोरा जन्माएकी हुन् । छोरी जमुनाले भने त्यसको ९ दिनअघि असोज १० गते छोरी जन्माएकी थिइन् । ३५ वषर्ीय फुलमाया विधवा हुन् । जमुना फुलमायाकी जेठी छोरी हुन् । १७ वषर्ीय जमुनाको बिहे भएको छैन । फुलमायाको पति गोविन्दको ४ वर्षघि कालगतिले मृत्यू भएको थियो । चरम गरिबीको मारमा रहेको फुलमायाको परिवार यति ठूलो पीडा एकैचोटी थपिएपछि बिचल्लीमा परेको छ । फुलमायाका एक छोरा र एक छोरीले जेनतेन दुवै जनालाई खाना पकाएर खाना दिने र स्याहारसुसार गरिरहेका छन् । दशैँको मुखमा सुत्केरी पर्दा खानासमेत राम्ररी खान पाएका छैनन् । "घरमा चामलको एउटा गेडो छैन, आमा र दिदी दुवै बच्चा च्यापेर बसिरहेका छन् । मैले कहाँबाट के खोजेर ल्याएर दिने ?"- फुलमायाकी ११ वषर्ीय कान्छी छोरी अनिताले भनिन् । २७ वषर्ीय अनिलले ज्यामी काम गर्ने सिलसिलामा फुलमायासँग मायापिरतीको नाटक रचेका थिए । उनको पनि बिहे भइसकेको रहेछ, घरमा श्रीमती र एउटा छोरा रहेछन् । तर मायाको नाटक रचेर मलाई श्रमतीको रूपमा स्वीकारेपछि ज्यामी काम गर्दै ऊ मेरा २ छोरी र एक छोराका साथमा एउटै कोठामा बस्दै आएको थियो । म गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्न लमजुङ सामुदायिक अस्पतालमा पुगेँ, तर अस्पतालले मानेन । त्यसपछि तनहुँको डुम्रेस्थित मेरीस्टोप अस्पतालमा पुगँे । त्यहाँ १० हजार रुपैयाँ मागेपछि गर्भपतन गर्न सकिनँ" -फुलमायाले भनिन्- "छोरीको पनि महिनामारी रोकिएको ५ महिनापछि थाहा भयो, तर गर्भ रहेको थाहा पाएपछि साउने सक्रान्तिको दिनमै ऊ भाग्यो । अहिले कहाँ छ अत्तोपत्तो छैन ।" गरिव भएकै कारण यो परिवारले यस्तो दर्ुदशा भोग्नुपरेको हो- स्थानीय चन्द्रकान्त पौडेलले भने - "अहिले आमा छोरीको जीवन बर्वाद भयो, उसले स्वीकारेपछि आमाछोरी नै एउटै लोग्नेसँग सौता भएर कसरी बस्ने ?" साभार : स्वतन्त्र समाचार सेवा
Read Full Discussion Thread for this article