Posted by: kp dhungana October 11, 2006
इराकमा नेपालीको हत्या
Login in to Rate this Post:     0       ?        
म्यानपावरको कालो धन्दाको विषयमा पटक पटक कुराकानी भएको नै हो त । तर के गर्ने सम्पुर्ण राज्यसंयन्त्रनै उनीहरुको हातमा रहेको छ । १४ जना नेपालीको इराकमा एकै चिहान बनेपछि सरकारले इराकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको हो नै तर , के गर्ने पैसाको लोभमा इराक जाने नेपालीको संख्यामा कमि आएको छैन बढिरहेको छ । यसैविच इराकका व्रि्रोहीहरुद्धारा मारिने नेपालीको संख्या १४ भन्दा गलत हुने भएको छ । किनकी फेरी व्रि्रोहीहरुले थप एक नेपालीको हत्या गरेका छन् । ओगिरिज डट कम मा उल्लेख भएअनुसार अलअनवर समुहल नामको इराकि व्रि्रोहीले गार्डको रुपमा काम गरिरहेका एक नेपालीको अपहरण गरी गोलि हानेर हत्या गरिदिएको छ । सो समाचारमा मारिने नेपालीको नाम भने उल्लेख गरिएको छैन । त्यो भदौ. १४ गतेको दिन अझै झल्झली आखामा आइरहेको छ । त्यसैको कारण काठमाडौं पुरा जलेको थियो । म्यानपावर कम्पनिहरुको नामोनिसान नै थिएन । तर उनीहरु आफ्नो कालो कामको बारेका पश्चाताप गर्दैनन् उल्टो भदौं १४ लाइ कालो दिनको रुपमा मनाउंछन् । ज्यानमारा दलालहरु । भारतमा चेलिबेटी बेच्नेलाइ कार्वाही हुन्छ जिउ मास्नेबेच्ने कानुन अनुसार तर बैदेशिक रोजगारीको नाममा लगेर होनाहार युवाहरुलाइ बेच्ने दलालहरुलाइ किन कार्वाही हुन्न साच्चिकै अचम्मको सिस्टम छ नेपालमा । जे भएपनि मारिएका १४ जना नेपालीका लागि सबैले आवाज उठाइदिएका थिए । तर इराकमा मारिएका ति अज्ञात नेपालीको विषयमा बोलिदिने कोही छैन । Source : http://www.hamroblog.com
Read Full Discussion Thread for this article