Posted by: ashu October 6, 2006
Late Dr. Harka Bdr. Gurung
Login in to Rate this Post:     0       ?        
डा. हर्कलाई सम्झँदा संग्राम लामा Source: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=87884 असोज ६ गते त्यो दुर्भाग्यपूर्ण हेलिकप्टर चढेर ताप्लेजुङ जानुअघि मेरो अन्तिम कुराकानी अघिल्लो दिन टेलिफोनमा भएको थियो । डा. हर्क गुरुङले भन्नुभयो 'म भोलि डब्ल्युडब्ल्युएफको कार्यक्रममा ताप्लेजुङ जाँदैछु, शनिबार काठमाडौं र्फकन्छु र हामी टेनिस आइतबार खेलौंला' । मलगायत थुप्रै साथीहरू डा. गुरुङसँग प्रायः प्रत्येक शनिबार टेनिस खेल्थ्यांै । त्यसका लागि उहाँ प्रायः अति महत्त्वपूर्णबाहेक अन्य कार्यक्रममा सहभागी हुनुहुन्नथ्यो र हामीसँग टेनिस खेल्न समय मिलाउनुहुन्थ्यो । टेनिस खेल्दा प्रायः म र उहाँको जोडीले खेल जित्थ्यांै । डा. गुरुङ हामी सम्पूर्ण खेलाडी, बल ब्वाइहरू र अन्य उपस्थित माझ कति पि्रय हुनुहुन्थ्यो भने उहाँ खेल्न नआएकोे दिन साह्रै खल्लो, नीरस र अपूर्ण लाग्दथ्यो, हामीलाई । जब असोज ७ गते दिउसो मैले श्री एयरको हेलिकप्टर डा. गुरुङसहित अरू २३ जना विशिष्ट व्यक्तिहरू ताप्लेजुङको पहाडमा हराइरहेको खबर टी. भी.मा सुनँे, एक्कासि छाँगाबाट खसे झैँ भयो । खबर सुनेपछि चिनेका साथी भाइलाई फोनमा घटनाबारे सोधेँ, सबैबाट त्यस्तै अन्योलपूर्ण जवाफ सुनियो । मेरो मनमा लाग्यो कि हेलिकप्टर कतै सुरक्षित अवतरण गरी बसिरहेको छ उद्धार टोलीको प्रतीक्षामा । त्यसपछि हामी टी. भी.तथा रेडियोको प्रत्येक घन्टा घटनाको बारेमा केही खबर आउँछ कि भनी सुनिरह्यांै । घटना घटेको दुई दिन बिते पनि कुनै खबर आएन । यसै क्रममा असोज ९ गते दिउसो त्यसमा सवार सबै २४ जनाको दुःखद निधन भएको खबर सुनियो । दुर्घटनासँगै मुलुकले वन्यजन्तु संुरक्षण क्षेत्रका होनहार विज्ञहरू, योजना तथा भूगोलविद्, राजनीतिज्ञहरू र सञ्चारकर्मीहरूलाई एक्कासि गुमायौं । मैले डा.गुरुङको बारेमा धेरै वर्षअघि उहाँ एक प्रखर योजनाविद्, भूगोलविद्, राष्ट्रिय योजना आयोगका सदस्य तथा उपाध्यक्ष, पूर्व राज्यमन्त्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका विद्वान्वक्ता, अनुसन्धानकर्ता, कुशल प्रशासक तथा अध्यापक हुनुहुन्छ भन्ने सुनेको थिएँ । उहाँले लेखेका प्रख्यात किताबहरू, लेख तथा कार्यपत्रहरूबारे पनि सुुनेको थिएँ । उहाँले नेपालको चौतर्फी विकासलाई अगाडि बढाउन आर्थिक, भौगोलिक एवं राजनीतिक हिसाबले अहिलेका ७५ जिल्ला घटाएर २५ वटामा पुनः वर्गीकरण गर्नुपर्ने तर्कसहित प्रस्ताव गर्नुभएको विषयले सर्वत्र चर्चा पाएको पत्र-पत्रिकामा पढेको थिएँ । यी सबै तथ्यले गर्दा जहिले पनि मेरो मनमा उहाँ कस्तो व्यक्ति हुनुहोला भन्ने लागिरहन्थ्यो । उहाँलाई भेट्न वा देख्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । यसै क्रममा सन् १९९९ मा जब म बेलायत सरकारको नेपाल स्थित अन्तर्राष्ट्रिय विकास विभागमा कार्यरत थिएँ, त्यतिखेर उक्त संस्थाको निम्ति नेपालमा बसाइ-सराइसम्बन्धी अध्ययन गर्न एक नेपाली विज्ञको आवश्यकता परेको थियो । उक्त विज्ञ खोज्ने क्रममा मैले डा. गुरुङ सम्बद्ध संस्था 'न्यु एरा' मा सम्पर्क गरी उहाँसँग पहिलोपटक फोनमा उक्त अध्ययनबारे जानकारी गराएँ । धेरै पटकको छलफल तथा भेटघाटपश्चात् अध्ययनको जिम्मा डा. गुरुङलाई दिइयो । उक्त अध्ययनको सिलसिलामा विभिन्न देशी-विदेशी विद्वानसामु उहाँले नीडर विचार एवं तर्कहरू स्पष्ट रूपमा राख्दा ती अन्य विद्वान्हरू छक्क परेको परिदृश्य मेरो अगाडि ताजै छ । उक्त अध्ययनपश्चात् डा. गुरुङद्वारा कार्यपत्र प्रस्तुत गरिने गोष्ठी, सेमिनार तथा कार्यक्रमका साथै टेनिस कोर्टमा मेरो र उहाँको भेट्ने क्रम सुरु भयो । मैले सुनेको थिएँ उहाँ एक कुशल फुटबल खेलाडी पनि हुनुहुन्थ्यो, उहाँ टेनिसको राम्रो खेलाडी भएको कुराचाहिँ टेनिस कोर्टमा मात्र मलाई थाहा भयो । हामीसँगको भेटघाटमा उहाँ सधैँ भन्नुहुन्थ्यो कि हामीले जुनसुकै विषयमा बोल्नुअघि त्यस विषयमा गहिरो अध्ययन एवं विश्लेषण गर्नु आवश्यक हुन्छ र सतही अध्ययन भनेको गाग्रामा अलिकति पानी हुनुजस्तै हो जसले सधैँ हल्लासिवाय केही गर्दैन । प्रायजसो उहाँ नेपालको सन्तुलित विकास, योजना, राष्ट्रियता, शिक्षा, स्वास्थ्य, गरिबी, भौगोलिक स्थिति, इतिहास, सु-शासन, विकेन्द्रीकरण आदिका कुरा गर्नुहुन्थ्यो भने हाल आएर उहाँको अध्ययन क्षेत्र बढीजसो सामाजिक समावेशीकरण, गरिबी र माओवादी विद्रोह, संविधानसभा, आदिवासी जनजाति, दलित, मधिसे तथा अन्य उपेक्षित वर्गलाई राज्यको पुनर्संरचना गरी कसरी विकासको मूल प्रवाहमा ल्याउने भन्नेबारे केन्दि्रत भएको पाइन्थ्यो । उहाँ भन्नुहुन्थ्यो २००४ देखि ०४७ सालसम्मका संवैधानिक प्रवधानहरूलाई अध्ययन गर्दा नेपाल अधिराज्यभित्रको भाषिक, धार्मिक, संास्कृतिक एवं भौगोलिक विविधतालाई सम्बोधन गर्ने र तिनीहरूलाई राज्यस्तरमा समान र न्यायोचित तवरबाट प्रतिनिधित्व दिलाउने प्रयत्न देशमा कहिल्यै भएन । एकल भाषा र संस्कृतिको आधिपत्यमा प्रतिपादित प्रत्येक संविधानले आदिवासी जनजातिहरूको भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सुनिश्चित बनाउने सम्भावना हुँदै नभएकाले अबको नयाँ नेपालले विविध भाषिक, सांस्कृतिक, जातीय र भौगोलिक विविधतालाई ध्यानमा राखी राज्यको पुनर्संरचना हुनुपर्नेमा उहाँ जोड दिनुहुन्थ्यो । हालै सम्पन्न जन-आान्दोलन-२ पछि डा. गुरुङ देश संक्रमणकालीन अवस्थामा रहेको र अब निर्माण हुने नयाँ संविधानको हर प्रक्रियामा नेपाली समाजको बहुलतालाई प्रतिबिम्बित गराई त्यसको अपनत्व सबै नेपाली जनताले लिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुहुन्थ्यो । देशका करिब सबै जिल्ला घुमेका डा.गुरुङका किताब, लेख, नक्सा र विविध विषयमा तयार कार्यपत्रमा तथ्याङ्कहरूको चिरफार र विश्लेषण हुन्छ । त्यसमा सबैले बुझ्ने सरल भाषामा नेपाली समाजलाई त्यसको समग्रतामा बुझ्ने हरदम प्रयास पाइन्छ । हरेक गोष्ठी, समारोह तथा कार्यक्रममा तोकिएको समयमा पुग्ने, आफ्नो काम वा जिम्मा पूरा नभएसम्म लगातार लागिरहने, हँस्यौली, ठट्यौली, नीडर, देखेको कुरा स्पष्टसँग लेख्ने र बोल्ने, तार्किक र जहिले पनि जोखिम उठाउन सक्ने बहु प्रतिभावान प्रखर व्यक्तित्वका धनी हुनुहुन्थ्यो डा. गुरुङ । यस्तो व्यक्ति सायद नेपालमा धेरै कम होलान् भन्दा फरक नपर्ला । सारांशमा भन्नुपर्दा डा. गुरुङ आफैमा एक इतिहास हुनुहुन्थ्यो जसको बारेमा जति भने पनि, जति लेखे पनि अपुग हुन्छ । देश यतिखेर संविधानसभामय भएको छ र यसमार्फत निर्माण हुने नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रलाई डा. गुरुङ हेर्न अब सक्नुहुन्न । त्यसैले नेपाली जनतालाई दिगो शान्ति र अग्रगमनको लागि संविधान सभामार्फत राज्यको पुनर्संरचना गरी देशको वर्गीय, क्षेत्रीय, जातीय र लैङ्िगक असमानता र समस्याको सही र वस्तुवादी हल गरी केन्द्रीकृत सामन्ती राज्य संरचनाको सदाको लागि अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न हामी समस्त नेपालीहरू अगाडि बढेमा त्यही डा. गुरुङ्प्रति सही श्रद्धाञ्जली हुनेछ । यस अपुरणीय क्षतिबाट हिमाल, पहाड र तराईका गाउँ बस्तीहरू, जिल्ला र समस्त नेपाली र अन्तर्राष्ट्रिय क्षेत्र स्तब्ध एवं शोकाकुल भएको छ । डा. गुरुङको असामयिक निधनपछि देशले एक कुशल एवं प्रतिभावान व्यक्तित्व गुमाएको छ, नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूले आफ्नो मियो गुमाएका छन्, पर्वतारोहण तथा पर्यटन क्षेत्रले एक अभिभावक गुमाएको छ, कु-शासन तथा भ्रष्टचारको विरोधमा काम गर्नेहरूले एक सबल नेतृत्व गुमाएका छन् र खेल प्रेमीहरूले एक खेलाडी गुमाएका छन् र देशभरि जताततै रिक्तता र सन्नाटा छाएको छ । दुर्घटनामा परी निधन भएका डा.गुरुङ र अन्य सबै विशिष्ट व्यक्तित्व निर्माण सजिलो छैन, यसका लागि राष्ट्रले ठूलो लगानी, धेरै समय र मेहनत गर्नु आवश्यक हुन्छ । हाम्रोजस्तो मुलुक जहाँ सरकारी, गैरसरकारी, निजी तथा नागरिक समाजको तर्फबाट त्यतातिर कुनै पनि सोच र दूरदृष्टि नराखेको अवस्थामा सम्भव देखिँदैन । एक्काइसांै शताब्दीमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट त्यसतर्फ ध्यान दिई आवश्यक पाइला चाले, डा. गुरुङ लगायत अन्य दिवंगत व्यक्तिहरूले राष्ट्रका लागि दिएको सेवा, योगदान र उहाँहरूले देखाएको बाटो हामी सबैले अंगीकार गरी अगाडि हिँड्यांै भने उहाँहरू सबैप्रति सम्मान हुनसक्थ्यो । Posted on: 2006-10-05 21:49:13
Read Full Discussion Thread for this article