Posted by: Birkhe_Maila October 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
जीवन, यौवन, र ट्रान्जिसन्- उफ् यो अप्ठ्यारोपन, यो कर्तव्यबिमूढता, यो मध्य चोकको बिश्राम, यो उराठपन्, यो गर्मि!! कुनै पसलेले ग्राहक कुरे जस्तो! कुनै घाटमा लगेको बृद्दले काल कुरे जस्तो!! कुनै अबोध बालकले, बिषालु माटो खाए जस्तै, नौलो स्वादमा आत्तिन नपाउँदै, बेहोश भएको म!! कहिले चर्को घाम, कहिले शितल हावा, कहिले कन्चन आकाश, कहिले कालो बादल!! उफ् यो भुकम्पि मन, यो औडाहा, यो बिना पूर्वानुमानको अत्यास! यो बिना सूचनाको रोमांच! कुनै उड्डा उड्दै रोकिएको बादल, मेरो बाहुमा गिरे जस्तो! कुनै निभ्दै गरेको आगोको धुवाँ, मेरो धुवाँ धुवाँ हुँदै गरेको आकांक्षामा, समाहित भए जस्तो!! कहिले चिसो पानी, कहिले खारिलो गन्ध, कहिले उदास सांझ, कहिले उल्लास बिहानी!! उफ् यो अन्यौलपना, यी अनवरत् तर्कना, यो नुनिलो पस्काई! यो दिगबिग् भोगाई! कुनै हारेको जुवाडे जस्तो हेराई! कुनै नारेको गोरु जस्तो हिँडाई! कुनै नवबधुको पोसाकमा, अचानक लागेको रगतको दाग जस्तो! परिचित तर नौलो त्रास भेटे जस्तो! कहिले बासि मुस्कान, कहिले ताजा सुगन्ध, कहिले शाब्दिक लक्ष, कहिले तात्विक पहाड!!
Read Full Discussion Thread for this article