Posted by: aman October 3, 2006
shameful nepali
Login in to Rate this Post:     0       ?        
गैँडा मारिँदै, शिकारी छुट्दै चोर शिकारीहरूबाट यस वर्षको साउनमा मात्रै पाँच वटा गैँडा मरेका थिए, तर त्यसयता सरकारले गैँडा मार्ने नौजना चोर शिकारीहरूलाई छोडेको छ भने तीनजनालाई छोड्ने तयारी गरेको छ। गएको १४ भदौमा गैँडा मारेको अभियोगमा कैद सजाय काट्दै आएका चितवनका कुजवा महतो, पल्टा महतो, हरिलाल चौधरी, रणबहादुर कुमाल, लोकबहादुर राई, रिफल राई र बुद्धिबहादुर प्रजा, मकवानपुरका रामशरण विक तथा नवलपरासीका बुद्धिराम महतोलाई सरकारले बाँकी कैद मिनाहा गरी रिहा गर्‍यो। सम्बन्धित विभागलाई समेत थाहा नदिई मन्त्रिपरिषदले गरेको यो निर्णयको असर देखिन थालिसकेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल उपाध्याय भन्छन्, “मन्त्रिपरिषदको निर्णयमा छुटेकाहरू अहिले पुनः पुरानै काममा सक्रिय हुन थालेको खबर हामीले पाएका छौँ।” संरक्षणविद् रामप्रीत यादवको चिन्ता छ, “निकुञ्जले समात्ने र कारबाही गर्ने, तर तिनैलाई सरकारले छाड्ने हो भने गैँडा संरक्षणको लागि जनताले देखाएको जाँगर त्यसै हराएर जान्छ। र, गैँडा मारिने क्रम झन् बढ्न सक्छ।” स्थानीय जनता, राजनीतिक पार्टी र नागरिक समाजको ठूलो सहयोग प्राप्त हुँदै आएको गैँडा संरक्षण तथा चोरीशिकारी नियन्त्रणमा निकुञ्ज प्रशासनले पनि पछिल्लो समय निकै सफलता प्राप्त गरेको थियो। अधिकांश स्थानीय तहका, केही राष्ट्रिय तहका र टासी, याक्चे, पेम्बा जस्ता ठूलो पहुँच भएका व्यक्तिहरूसम्म समातिएका थिए। यद्यपि उपल्लो तहका अपराधीहरू पहुँचका आधारमा सामान्य सजाय भुक्तान गरेर छुट्ने पनि गरेका थिए भने अहिलेको रिहाइले अब त्यो रोग तल्लो तहमा पनि सरेको पुष्टि गरेको छ।
Read Full Discussion Thread for this article