Posted by: gwanche October 2, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लु घराँ टिका-सिका सिद्ध्याइवरि म नि आएँ चौतारीआँ मान्यजनाँ हाताँट टिका थाप्न अनि आफु भुन्दा सानो'रुलाइ आशिस् दिन । ठुलिको पछाडि लाइनाँ बसे है म नि । हुन त हिजोको भलिबलको म्याच खेलेर जिउ दुखेको छ तैपनि दसैं त मनउनु नै परो नि कसो । हिजोको म्याच नि गज्जब नै भो, जिम्माल बा र पुन्टे दाई त हामी ठीटा'रु भुन्दा बुढा भए नि गज्जब भलीबल खेल्नु हुँदो रैछ, पुन्टे दाइ त म्यान अफ द म्यच नै हुनु भो गाँठे, पल्लो गाम्का खेलाडी हरुलाइ त आच्छु आच्छु पर्दिनु भो आफ्नो खतरा स्म्यासले, गज्जप खेल्नु भो । त्यो म्याचको बारेमा बाकी कुरा पछि लेखौला, आज त दसैं, खाऔँ, पियौ, तास् खेलौ, रमाइलो गरुम । सप्पै लाइ फेरी पनि दसैंको शुभ-कामना, दुर्ग भवानीले हामी सप्पैको रक्षा गरुन । फेरी पनि ह्याप्पी दसैं । । ।
Read Full Discussion Thread for this article