Posted by: Birkhe_Maila October 1, 2006
Login in to Rate this Post:
0
?
खै कोई आएन त चौतारिआँ!
शायद सपैलाई दशैँ लाएको होला।
खै क्यार्नु एक्लै चौतारिआँ बस्दा बस्दै घर सम्झिएँ गाँठे मैले त। दुई चार अक्षर कोरेँ पनि। यसलाऐ पछि थपथाप अरेर कविता बनाम्नु पर्छ, अईले यति नै टाँस्न लाएँ मुइले।
निधार खालि छ-
पँहेला, सुन्तला, सयपत्रिको
मोहक, कोमल स्पर्श,
घाँटिमा अझै बाँकि छ.
मेरो निधार फेरि खालि छ!!
बुबाको गहकिलो माया,
आमाको मिठो स्नेह,
मेरो लागि पल पल
उम्लिरहेका होलान्!
पँहेला लामा जमरा,
मेरो सानो जमारघरमा
चुरिएर मौलाएका होलान्।
बिहानि शरद्को हावा
दशैँको गन्ध लिएर,
मेरो घर वरिपरि बग्दै होलान्!
करेसाको त्यो मेरो माटो
मखमलिले ढपक्क ढाक्दै,
तीहार पर्खँदै होला!
आंगनको त्यो बाबरी,
आफ्नो गन्ध फैलाउँदै
म सम्म पुर्र्याउन खोज्दै होला!
दहि र अक्षताको त्यो झिनो दवाब,
अन्तरआत्मामा अझै बाँकि छ।
पँहेला, सुन्तला, सयपत्रिको
मोहक, कोमल स्पर्श
घाँटिमा अझै बाँकि छ
उफ! मेरो निधार फेरि खालि छ