Posted by: CaMoFLaGeD September 30, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
"जिम्माल बाले नेतृत्व गर्ने कुरा त सबैलाई मान्य हुन्छ होला नि हैन?" गोताएँ दाईले सबैलाई सोध्नुभयो। "हैन हैन! मेरो नेतृत्व होइन। यो पल्ट पून्टेलाई नेतृत्व गर्न दिनुपर्छ। अलि फुर्तिलोपनि छ, उस्तो परेको बेला बलपनि प्रयोग गर्न सक्छ", जिम्माल बाले नेतृत्व लिन अलि संकोच मान्नुभयो। "हुदैन हुदैन! नेतृत्व चाँहि जिम्माल बाले नै गर्नुपर्छ। ५ साल पहिले पनि तपाईँकै नेतृत्वमा हामी सफल भएका थियौँ", पून्टेदाईले जिम्माल बालाई सम्झाउनुभयो। "त्यो बेला त अलि तरुनो पनि थिएँ, त्यहि भएर हो! अब यसपाली त अलि बुढोपनि भइयो, खोइ! के गर्ने के? लौ त नि! अब तिमीहरुले भन्छौ भने कसरी हुन्न भन्न सकौँला र!" जिम्माल बा नेतृत्व लिन तयार हुनुभयो। "ल त ल! अब जिम्माल बाको नेतृत्वमा अरु सहभागी हुनेको नाम पनि लेखम", गोताएँ दाईले आफ्नो सुर्ती बेर्ने पेपरमा कानमाथी अड्याउनु भएको कलम निकालेर लेख्न थाल्नुभयो। "अब नाम चाँहि, १ नम्बरमा जिम्माल बाको लेख्नुस्, २ नम्बरमा तपाईँकै लेख्नुस्, ३ नम्बरमा मेरो लेख्नुस्....", पून्टे दाईले लिस्टमा नाम चडाउदै हुनुहुन्थ्यो, त्यत्तिकैमा छेउमा बसिरहेको कइले उठेर करायो," यसरी कहाँ हुन्छ? सबै बुढाहरुको मात्र नाम राखेर कहाँ हुन्छ? हामी तन्नेरीहरुलाई पनि त राख्नुपर्यो नि लिस्टमा" "हो हो! हामी तन्नेरीहरुलाई पनि राख्नुपर्यो। यस्तो चौतारीको इज्जतको कुरोमा पनि हामीलाई सहभागी गरिएन भने कसरी हुन्छ?", अघि देखि चुप लागेर बसेको नमेपनि कइले कराएको देखेर उफ्रियो। "चूप लाग तिमेरु! हिजोका चल्लाहरु! त्यहाँ तरुनी देख्यौ भने उतै भुलिन्छौ। यसपाली हुदैन तिमीहरु" पून्टेदाईले तिनीहरुलाई झपार्नु भयो। नमे र कइले चूप लागेर बसे। "अँ! अघि म कस् कस्को नाम भन्दै थिएँ? ए! ल ल मेरो नाम भयो हैन? अब ४ नम्बरमा गालउ, ५ नम्बरमा ग्वाँचे अनि ६ नम्बरमा भउते राख्नुस्" पून्ट् दाईले ६ जनाको लिस्ट तयार गर्नुभयो। "भएन भएन! त्यो भउते चौतारी आउनै छाडेको कत्ति भयो, अझ उसैको नाम राख्ने? हाम्रोपनि नाम राख्नुपर्यो", कइले फेरि जङ्गियो। "भउते चौतारी नआएर के भयो त? मैले अस्तिनै खबर पठाइसकेको छु, उस्लेपनि 'अब चौतारीको इज्जतको कुरो रहेछ, राख्नुस् न मेरो नामपनि लिस्टमा' भनेको छ" पून्टे दाईले कइलेलाई फेरि चूप लगाउनु भयो। "ल ल ठिकै छ! यि तन्नेरीहरुको नामपनि राखुम्। भरै केहि पर्यो भने यिनीहरुलाईपनि हाल्नुपर्ने हुन्छ" जिम्माल बाले युवाका कुरा बुझे झैँ गर्नुभयो। "त्यसो भए ७ नम्बरमा नमेको नाम राख्नुस्, खूब स्याहार गर्छ यस्ले मेरो। अनि ८ नम्बरमा चाहि यो कइलेलाईपनि राखिदिनुस्, निकै किच किच गर्यो यस्लेपनि", पून्टे दाईले लिस्टमा अरु २ वटा नाम थपाउनुभयो। "अब! नामपनि भयो, भोली बिहानै जानुपर्ने हुन्छ पल्लो गाउँ, त्यसैले सबैजना भोली बिहानै चौतारीमा आइपुग्नु" गोताएँ दाईले भोलीको कार्यक्रम सुनाउनुभयो। "यस्तो राम्रो कार्य गर्न जान लागिरहेका छौँ त्यो पनि नवमीको दिनमा। यसो जानेबेलामा मास्टर्नी नानीलाई भनेर साइत गराउन लगाउनुपर्यो। भोली बिहान मास्टर्नी नानीलाई टिका र फुलपाती लिएर साइत गर्न आउनु भन्नु अनि चेलिबेटीलाईपनि बोलाउनु", जिम्माल बाले आफ्नो नेतृत्वको सुरुवात गर्नुभयो। "हुन्छ!" भन्दै सबैजना आफ्नो घर तिर लागे। भोली पल्ट बिहानै सबैजना चौतारीमा आइपुगे। सबै ८ जना निकै फुर्तिला देखिन्थे। मिसले पुजाको थालीमा टिका अनि प्रसाद बोकेर आउनुभयो। उहाँको पछि पछि तितौरी र ठुली माला बोकेर आए। मिसले लाइनमा बसिरहेका आठै जनालाई टिका अनि माला लगाइदिनुभयो। "तपाईँहरु यस्तो राम्रो कार्य गर्न जान लाग्नु भएको छ। यो त चौतारीको इज्जतको कुरो हो माता दुर्गाले तपाईहरुको लक्ष पुरा गरुन्। हामी सबैजना यहाँ बसेर माता सङ्ग यहाँहरुको सफलताको लागी प्रर्थना गरिरहन्छौ" मिसले सबैलाई भन्नुभयो। आठैजनाले चौतारीमा रहेको कालीको मुर्तीमा नमस्ते गरे अनि आफ्नो बाटो लागे। तितौरीले केहि बुझेकी थिइनन्। उनि मेरो नजिकै आएर मलाइ सोधिन्, "कुम्ले जिम्माल बा हरु कहाँ जान लाग्नु भएको हो? लडाईँ पर्न लागेको हो?" "लडाईँ जस्तै हो तितौरी", मैले पर पुगिसक्नु भएका जिम्माल बाहरुलाई आँखाले भ्याए सम्म हेरिरहेँ। "कस्तो लडाई नि कुम्ले?" तितौरीलाई सुन्ने इच्छा भयो। "पल्लो गाउँकाले यसपाली हामीलाई नवमीको दिन पारेर भलिबल खेल्न बोलाएका छन्। जस्ले जित्छ उस्ले खसि उपहार पाउँछ रे। अनि जिम्माल बा ले भन्नु भएको, हामीले त्यो खसि जितेर नमेको बुवालाई दिने रे" समाप्त (:पि)
Read Full Discussion Thread for this article