Posted by: shirish September 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
from Madhuparka सोम लामा सत्यलाई असत्यको हार्‍या कथा हो यो बुद्धलाई एम्बुसमा पार्‍या कथा हो यो एउटाले उडाएको शान्तिको प्रतीक परेवा अर्कोले तीर हानी झार्‍या कथा हो यो आमाको छातीलाई निशानामा कैद गरी आफ्नै सन्तानले काँढा तिखार्‍या कथा हो यो हुनेले चौरासी व्यञ्जनको स्वादसँगै त नहुनेले पानीको भरमा डकार्‍या कथा हो यो 'जसको शक्ति उसकै भक्ति' चल्छ यहाँ जताततै सक्नेले नसक्नेलाई थेचार्‍या कथा हो यो नपत्याए हेर, समानताको भाषण गर्नेले नै विभेदको पर्खालले बार्‍या कथा हो यो -हरिवन-७, मकवानपुर -बरुणराज मरासिनी रहर, लाग्दो बैंसमा प्रेम गाँठो भाको छैन कसैसँग प्रीत बाँड्ने सु-अवसर पाको छैन भोक प्यास, न्रि्रा, थकान पर्खिबसें बिर्सिएर माया गर्छर्ुुन्दै यहाँ कोही प्रिय धाको छैन शन्देशहरू निम्तो दिँदै निरन्तर पठाएकैछु मेरो मनको मझेरीमा कुनै परी आको छैन आत्मा जल्दा भाव पग्लि आँसु बन्छ भन्थे सबै विरहीलाई साथ दिँदै कोइलि गित गाको छैन हाँसि खेली जिउनुपर्ने एकवारको जिवनमा कृष्ण वनी मधुवनमा गित अझै गाको छैन । -गुल्मी, पल्लो तम्घास -शोभाना 'पल्लवी' आफ्नै घर सल्काएर आगो ताप्छन् मानिसहरू मान्छेमारी मान्छेकै मासु खान्छन् मानिसहरू एउटा घर भत्काएर अर्को घर बनाउँछन् उसलाई नाङ्गोपारी यहाँ शरीर ढाक्छन् मानिसहरू खेल जित्ने प्रयासमा एकपछि अर्को गर्दै आफन्तकै शिर छेदन किन गर्छन् मानिसहरू भाइले जित्नु, दाइले हार्नु जीत आखिर एउटै थियो दाइको हारमा, भाइको जितमा खुसी सात् छन् मानिसहरू भोकै थिए, नाङ्गै थिए, जे थिए ठिकै थिए पीडा माथि अझ पीडा किन थप्छन् मानिसहरू -अनन्त साहित्य समूह शान्तिनगर-१, वनै झापा -मनु ब्राजाकी गुन गरी फर्किजाने त्रि्रो हात रै'छ, फुलेपछि झरिजाने पारिजात रै'छ । हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो, काँढामाथि सजिएको फूलपात रै'छ । र्सर्ूयसित रिसाएर हिँड्नेहरूलाई, माया गरी फकाउने कालो रात रै'छ । छुटे इष्टमित्र सबै छुटे साथी-सङ्गी, एक्लो छैन किनभने बाटो साथ रै'छ । बेनामी नै लेखिएछ यति धेरै चिठी, मेचमाथि जिन्दगीको खातैखात रै;छ । तर्ीथव्रत गर्दागर्दा बिर्सिएछौं 'मनु', मदिराझैं पञ्चामृतको कडा मात रै'छ । -मीनभवन, काठमाडौँ -रासा ढुङ्गालाई पूजा गर्‍यौं, र त दुःख पायौं सदा त्यसकै पाउ पर्‍यौं, र त दुःख पायौं हसुरेर खान थाल्यौं जे-जस्तो पाए'नि खाली आफ्नै पेट भर्‍यौं, र त दुःख पायौं मेहनत गर्र्छौं हामी, तर बुद्धिहीन बालुवामा बीउ छर्‍यौं, र त दुःख पायौं माथि चढे ठूला-ठाला माथि चढे अझै हामी साना तल झर्‍यौं, र त दुःख पायौं समूहमा हिँड्नर्ुपर्छ कहीँ छिटो पुग्न एक्ला-एक्लै खोला तर्‍यौं, र त दुःख पायौं जसरी नि बाँच्नुपर्ने अभिशाप बोक्यौं थोरै बाँची धेरै मर्‍यौं, र त दुःख पायौं ।
Read Full Discussion Thread for this article