Posted by: gwanche September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ सप्पै गाम्ले'रु, गालवले बताइ हाल्नु भो क्यारे, हिजो न्यू रोडाअँ भेटघाट भो, मो मो नि खाइयो, गोलभेडाँ अचारसँअ । खुब मज्जा लाग्यो चौतारीको साथीसँअ प्रत्यक्षरुपाँ भेट्दा, असाध्यै रमाइलो मान्छे हुनुहुँदो रैछ । दसैंको मुखैमा फर्किनुपर्ने रहेछ उनले, सुन्दा नरमाइलो लाग्यो । दादा नि भोली पर्सी तिर आउने रे काठमाडौं, म अझै केइ दिनसम्म त छु काठमाडौंआँ, मौका मिल्यो भुने दादासँअ पनि भेट्नु पर्ला । हिजो डेड दुई घण्टा हामीहरुले चौतारीका सप्पै गाम्ले'रुको बारेमा कुराकानी गरेम्, दुई चार जना गाम्ले'रुलाइ चाँइ गालवले प्रत्यक्ष रुपमै चिन्न्नु हुँदो रैछ, उहाँ हरुको बारेमा थाहा पाउँदा खुशी लाग्यो । मुइले त प्रत्यक्षरुपाँ कसैलाइ चिन्दिन तर मैले अप्रत्यक्षरुपाँ चिनेको साथी (हरु) को बारेमा थाहा पाएको जती कुरा गालवलाइ बताएँ । जे होस् चौतारीको माध्यमबात एउटा नयाँ साथीसँअ चिनजान भो, खुशी लाग्यो । सप्पैलाइ मेरो तर्फबाट दसैंको धेरै धेरै शुभ-कामना, दुर्गा भवानीले हामी सप्पैको रक्षा गरुन । ।
Read Full Discussion Thread for this article