Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ल हेर आज फुलपातीको दिन नि कोहि आएका छैनन् चौतारीमा! हैन के भयो हाम्रा दाजु भाइ अनि उहाँहरुका दिदी बहिनीलाई? नमे ले फ्रिजको खसि सकायो कि अझै बाँकि छ। बाँकि भए बेलुकी त्यस्कोमा तास खेल्ने बहानाले छिर्न हुन्थ्यो। हुन त एकहफ्ता देखि फ्रिजमा बसेको खसिलाई रुगाले समातिसक्यो होला। भिक्स लगाइदिएको छ कि छैन? हिजो बेलुका तास खेलेको धेरै हारियो, हत्तेरी! एउटा माल पर्ने होइन। अरु को भने कि टनेला, कि म्यारिज परेर पैसो तिर्दा तिर्दा लखतरान भैयो! हैन तास चोर्छन् कि के हो बज्जेहरु? आज फुलपातीमा बढाइँ हेर्न जान पर्ने त हो, खोइ कसरी जाने? खुइया!! कोहि आएनन्! लागेँ म पनि!
Read Full Discussion Thread for this article