Posted by: JunkyManiac September 29, 2006
How Funny Must Have Been This Scene???
Login in to Rate this Post:     0       ?        
त्रिभुबन पौडेल / ९७७ नेपाल गर्ल फ्रेण्डको बिषयमा लिएर केटाहरु बिच झगडा भएको समाचार पोखरामा सामान्य हो । तर पोखराकै पश्चिमाञ्चल उच्च माबिमा अध्ययनरत दश जोड दुइका युवतीहरु बिच ब्वाइ फ्रेण्डको बिषयलाई लिएर बिगत तिन दिन देखी ग्याङ्ग फाइट चलिरहेको छ । अस्ती शुक्रबार भिमसेनचोकमा रहेको प्लानेट जेड नामक डिस्कोबाट सुरु भएको झगडा महेन्द्रपुलको ब्यस्त शहर सम्म चल्यो । अस्ती डिस्कोमा नाँच्ने बेलामा एक जना युवतीले आफ्नो ब्याइ फ्रेण्डसँग नाँचेको निहुँमा अर्को एक जना केटीलाइ कुटेपछि, झगडा सुरु भएको थियो । त्यसपछि हिजो समेत पश्चिमाञ्चल स्कुलकै अगाडी दुइ समुह बिच केही बेर झगडा भएकोमा पछि, क्याम्पसकी एक जना म्याडम आएपछि साम्य भएको थियो । आज बिहानपख भिमसेनचोक र चिप्लेढुङ्गाको बिचमा रहेको मुख्य बजारमा नै दुइ समुह बिच बोतल र हेलमेट हानाहान भएको बुझिएको छ ।
Read Full Discussion Thread for this article