Posted by: Birkhe_Maila September 27, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
देऊरालीमा नाचेको कसैले देख्ला भन्ने पिर! गोधुलिमा हाँसेको कसैले बात लाउला भन्ने पिर! मनको कुरा मन मै कति राख्नु, संजोगले भेट भएको बेलामा केहि कुरा गरिहालुँ.... केहि गाह्रो, केहि अप्ठ्यारो, तर पनि मनले खाएको मान्छे संग घुमाएर भए पनि बह त पोख्नै पर्र्यो....ल है गाम्ले हो जोर मादल ठोक! ... ल है मारुनि, कम्मर मर्काएर नाच!!!! आक्खुई लरिबरि आक्खुई!! कुम्ले- आssहाss कति राम्रि रैछौ नि चिटक्कै मनले खायो देखने बितिक्कै हातमा चुरा छ भनौँ कि नभनौँ एउटा कुरा छ तितौरी- आssहाss के सम्झेर काँ देखि आइराछौ भने हुन्छ के भन्न लाईराछौ हातमा चुरा छ दिल खोलि भनन कस्तो कुरा छ कुम्ले- आssहाss मनको बह कति छ कति भनौँ भने पर्छ कि आपत्ति हातमा चुरा छ भनौँ कि नभनौँ एउटा कुरा छ तितौरी- आssहाss कस्तो आपत पर्ला र कुन्नि हाम्ले सुन्न हुने कि नहुने हातमा चुरा छ दिल खोलि भनन कस्तो कुरा छ
Read Full Discussion Thread for this article