Posted by: mansion September 27, 2006
ये घमन्डि मानिश
Login in to Rate this Post:     0       ?        
ये घमन्डि मानिश के को घमन्ड् गर्छौ तिमि किन आफै लाइ थुलो मान्छौ तिमि एक् चोटि फर्केर त हेर, आफै भित्र कि बिर्स्यो तिमिले नौ मैना त , अफ्नै आमा को रागत को भर मा बाच्ये तिमि जन्मे पछि पनि त, आफ्नै बाबु को छाया मा लुकि-लुकि, हुर्कौ तिमि अफ्नै बाबु आमा को हासो र आशु को भर मा, जिबन लाइ उथायौ उनि हरु को मुख को गास छिनि छिनि, आफ्नो पेट टन्न परौ त अब, अलि थुलो भयेर, २-४ पैसा कमायेर के को घमन्ड गर्छौ तिमि, किन आफैलाइ थुलो मन्छौ तिमि हेर फेरि एक् चोटि ओरि परि, आफ्नै खुट्टा मा त उभियेको छु भन्छौ तिमि, तर ये, घमन्डि मनिस तिमिलाइ आफ्नै खुट्टा मा उभिन मात्र पनि त जमिन को साहरा चाहिन्छ सासै फेरेर बाच्न मात्र पनि त हावा को मद्दत् चाहिन्छ के नै दियेका छौ र तिमिले यो सन्सार लाई २ हात फैलाइ, आफ्नो आसु र बिलौना बाहेक के नै दिने छौ रे तिमिले मलाई पनि मरेर जादा पनि, २ थोपा आसु बाहेक त ये घमन्डि मानिश के को घमन्ड् गर्छौ तिमि किन आफै लाइ थुलो मान्छौ तिमि
Read Full Discussion Thread for this article