Posted by: kp dhungana September 27, 2006
शिखर वार्ता टर्नुको कारणहरु
Login in to Rate this Post:     0       ?        
हुन त असोज ९ गते बसेको सात राजनीतिक दलको बैठकमा हतियार व्यवस्थापनका विषय बाहेक अन्यमा आम सहमति हुन नसकेपछि १२ गते शिखर वार्ता हुन्छ भन्ने तथ्य आशंकारहित थिएन नै । र आखिर भयो पनि त्यस्तै । माओवादीसंग वार्तामा बस्नका लागि के निहु पाउं कनिका चपाउ भइरहेको बेलामा सरकारले बहाना पनि राम्रै पायो श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना । संयोगले हेलिकप्टर दुर्घटनामा परेका कांग्रेस नेता गोपाल राइको १२ गते नै अन्तिम दाहसंस्कार गर्ने दिन परेछ । अनी त के भयो र सरकारले हतार हतार शिखरवार्ता स्थगित गरिहाल्यो । यसको अन्य कुनै कारण नै छैन । कारण हो सात दलविचको मतभिन्नता । मत भिन्नता पनि एउटामा मात्र हैन । राजालाइ हेर्ने दृष्टिकोणको विषयमा होस् या माओवादी हतियार व्यवस्थापनको विषयमा होस् अथवा अन्तरिम संविधान, सरकार र अन्तरिम विधायिकाको विषयमा होस् सात दलविच सहमति कायम हुन सकेको छैन । यसैको कारण हो शिखर वार्ताको ढिलाइ । यसमा अन्य केही कारण नै छैन । यसको पुष्टि आज बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको अनौपचारिक बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा ब्यक्त धारणा पनि हो । कोइरालाले बैठकमा सात राजनीतिक दल विच शिखर वार्ताको ऐजेण्डाको विषयमा सहमति हुन नसकेको र सो सहमति नभएसम्म शिखर वार्ता हुननसक्ने स्पष्ट रुपमा बताएका छन् । यसले अहिले हल्ला चलाइए झै १३ गते पनि शिखर वार्ता हुने कुनै लक्षण नै छैन । सरकार शिखर वार्ता सकेसम्म किन टार्न चाहन्छ भन्ने विषयमा दुइ तीन कारणहरु देखिन्छन् । पहिलो शिखर वार्ता भएपनि छ विवादका कुनै विषयमा सहमति कायम त गर्नै परिहाल्यो । तर त्यसको सम्भावना नै छैन । यसले सरकार र माओवादीविचको सम्बन्ध विग्रिएको अनुमानको पुष्टि नै हुन्छ । जस्ले माओवादी बलिया र सरकार कमजोर बन्न पुग्छ । अर्को कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग गोप्य रुपमा विविध आश्वासन दिएका हुनसक्छन् । ति आश्वासन पुरा नभएको अवस्थामा प्रचण्ड कोइरालाका अगाडि कमजोर बन्न पुग्छन् जो उनी पक्कै चाहदैनन् । अर्को कारण विदेशी दवाव पनि हो । किनकी आठ बुंदे सहमति पछि सरकारको ब्यबहारको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै त्रि्र आलोचना भएको थियो । कोइराला अहिले सकेसम्म विदेशी राष्ट्रहरुलाइ विच्काउन चाहदैनन् नै । मलाइ लाग्छ अहिले शिखर वार्ता नहुनुको प्रमुख कारणहरु यही नै हो ।
Read Full Discussion Thread for this article