Posted by: CaMoFLaGeD September 27, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
चित्रेको वाल्यकालको सम्झना पढेँ। मैले त यो चौतारीमा तिमी चाँहि म जस्तै सोझो थियौ होला केटाकेटीमा भनेको त तिमीपनि छट्टु रहेछौ। अब यसो हेर्दा यो चौतारीको सबैभन्दा सोझो, सिधा मान्छे म मात्रै रहेछु। हे हे हे! राम्रो लाग्यो चित्रे, लेख्दै गर! तितौरीले भने जस्तै पढ्ने मान्छेको वास्तवमै कमि छैन चौतारीमा, तर लेख्न चै पर्छ। सान्नानी पनि नेपाल जाने भइछौ, धेरै राम्रो। फर्केर आउँदा मलाई दुइ पाथी चिउरा, हरिनको सेकुवा, तिन माना गुन्द्रुक, सिन्की, १५-२० वटा जत्ति जनाइ, गुतपाक, तितौरा मात्रै ल्याउनु, धेरै ल्याउनु पर्दैन त्यत्ति मात्रै, अरु चाँहि फेरि पछि पछि ल्याउनु नि। हे हे हे! नमेको कुरो!! मैले केहि सुनेको छैन है!! :पि पून्टे दाईलेपनि कस्तो कस्तो आशिर्बाद दिने भन्या! अहिले तितौरी रिसाएर, "तपाईँको आशिर्बाद तपाई सङ्गै राख्नुस्, मलाई चाहिएको छैन पाइलट साइलट" भन्लिन्। दीप जीको कविता रमाइलो रहेछ। ग्वाँचे के अर्दै छौ काठ्मान्डुमा? फोटो टाँसेर यहाँ कस्तो कस्तो भयो आँफुलाई। दीप जीले भने जस्तै मन हुन पाए अहिले नेपालाँ हुन्थेँ। ठुली आइ मिस यु टू! मिसलाई दर्शन! जिम्माल बा चाँहि बाँसको कुरो मिले देखि दिउसो पनि आउन थाल्नु भएछ चौतारीमा। ल सबैलाई दशैँको धेरै धेरै शुभकामना!! (कत्रो लामो लेखिएछ बाबै!! भागेँ म!!)
Read Full Discussion Thread for this article