Posted by: Deep September 26, 2006
Login in to Rate this Post:
0
?
आउ तिमी बत्ति, म तेल भन्थी
त्यस्ता गफ त गाँठे! कत्ति कत्ति
भन्थी उ धुप रे, म सलाई
निस्ठुरी सल्की निभाई मलाइ
उ उषा रे भन्थी, म घाम
साँझ परेसी त ए! घाम न साम
भन्थी म उस्को रे, उ मेरी
बिर्सिम भन्छु सम्झेँ फेरी
तिमि दुल्हा, म दुलही भन्थी
उस्कै ब्यामा नी हरे! गैयो जन्ति
भन्थी म टीका, उ जमरा रे
जमरामा उस्का भमरा तर अत्ति के!
बिर्सि रे उस्ले चैं, खै सकिन मैले त एक रति
सम्झिन्छु निर्दइ लाइ जब सुन्छु "हेर हेर यस्को गति"