Posted by: kp dhungana September 26, 2006
५ वर्षदेखी हेलिकप्टर गायव
Login in to Rate this Post:     0       ?        
श्री एयरलाइन्सको हेलिकप्टर दुरघटनाग्रस्त भएको समाचारले अहिले सञ्चारमाध्ययम छाइरहेको छ । साच्चिकै यो अत्यन्त दुखद घटना हो नै । दुर्घटना भएको दुइदिनसम्म हेलिकप्टर फेला पार्न नसक्दा देश पुर्ण अन्यौलमा परेको थियो । तर, नेपालमै १० जना यात्रु सहित उडेको हेलिकप्टर हराएको पांच वर्ष वितेको कुरा भने कमैलाइ थाहा हुनसक्छ । त्यो हेलिकप्टर हो एसिएन एयरलाइन्सको । सरकार र सम्बन्धित कम्पनीले हेलिकोप्टर र बेपत्ता ब्यक्तिको खोजबिन गर्न छोडेको छ । विमा कम्पनीले समेत माया मारेर बेपत्ताहरुको जीवन विमा रकम दिइसक्यो । तर, लुक्लावाट उडेर हराएको हेलिकप्टर कहां गयो त अचम्मै छ । त्यसमा सवारमध्ये ८ जना निम्न वर्गका नेपाली नै थिए । तर, राज्य हराएका नागरिक खोज्नमा उत्तरदायि बन्न सकेको छैन । एशिएन एयरलाइन्सको नाइन एन एसियु नम्बरको हेलिकोप्टरसंगै २०५९ जेठ १७ मा मकालु एक्सपिडिसनमा सहभागी आठ जना नेपाली र दुइ जना काजकस्तानी नागरिक हराएका थिए । सोलुखुम्बुको लुक्लावाट पोखरा आउन उडेको ९ मिनेटमै हेलिकोप्टरको मुख्य टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर हराउनासाथ स्थलमार्ग र हवाइमार्गबाट हेलिकप्टरको खोजी गरिए पनि अझै दुर्घटना भएको हो अन्य केही पत्ता लागेको छैन । हेलिकोप्टरसँगै त्यसमा सवार बौद्धस्थित सिटु समिट ट्रेकिङ्ग प्रालिमा कार्यरत ६ जना नेपाली कामदार सोलुखुम्बु खरिखोलाका वाङ्गचु शेर्पा, सोलुखुम्बु केरुङ्गका निमा दोर्जी तामाङ्ग, सोलुखुम्बु तिङ्गलाका प्रकाश कार्की, ओखलढुङ्गा खिजिका प्रमोद सुनुवार, ताप्लेजुङ्गका सार्की शेर्पा, सिन्धुपाल्चोकका शम्भु तामाङ्ग र हेलिकोप्टर चालक दलका सदस्य काजकस्तानी पाइलट एलेक्जेन्डर इभानोविच ग्रेवेन्निकोभ, फ्लाइट इन्जिनियर गुमार अब्दुल खाकोवीच यूरु मुखामेतोभ, नेपाली सहचालक सोनामटासी शेर्पा र क्याविन एटेन्डेन्ट दिपकमान अमात्यसहित १० जना बेपत्ता छन । Source : www.hamroblog.com
Read Full Discussion Thread for this article