Posted by: Slackdemic September 24, 2006
:Kantipur Dainik" ko Khagendra Sangraula ko lekh
Login in to Rate this Post:     0       ?        
Here's another article about Mugubasi. I am sure this writer, Sarojraj Adhikari, wouldn't be accused of the the condition of Mugubasi like Sangruala was accused when he wrote the same thing and pointed his finger out to the culprits. One of the sentences in last paragraph is rather sentimental: हामी पहुँच नभएका मान्छे पर्‍याँै, भनसुनबिना चामल पाइँदैन! Here's the full article that is taken from e-kantipur.com: चामलको चटारो ग्रामीण भेगका हुम्लीहरूले चाडपर्वका लागि सेतो चामल जुटाउन गर्नुपरेको सङ्घर्षको कथा सरोजराज अधिकारीनारालेक -हुम्ला) मैला गाविस-९, काँडागाउँ, ४८ वषर्ीय जोखे खड्का श्रमरत नारालेकबाट सातदेखि आठ दिनसम्मको दूरीमा पर्छ । खड्का उतिपरदेखि आएर हिल्सा-सिमकोट सडक खण्डको मान्छे नै उडाउलाझैँ हावा लाग्ने नारालेकमा हाड घोटेर काम गररिहेका छन् । "अब दशैँ पनि आउन लाग्यो, चाडबाडका लागि यसो सेतो चामलको जोहो गर्न आएको नि !" छ सदस्यीय परविारका मूली खड्का भन्छन्, "सधैँ नपाए पनि चाडपर्वमा मीठो खाने, राम्रो लाउने रहर सबैलाई हुन्छ ।" खाद्य संस्थानको सहुलियतदरको चामल सदरमुकाम सिमकोटदेखि पाँच दिनको दूरीमा रहेको खड्काको गाउँ मैलासम्म पुग्दैन । "पुगे पनि केका पैसाले किन्ने ?" अर्को समस्या देखाउँछन् खड्का, "अरू कमाइ केही छैन ।" नुर्वु थापा पनि आफ्नो पाँच जनाको परविारका लागि दशैँ खर्चको जोहो गर्न पाँच दिन परको गाउँ साँयाबाट सो सडकमा काम गर्न आइपुगेका हुन् । "त्यही त हो नि, पैसा, चामल आर्जने । वर्षदिनको चाडपर्वमा टालो, गाँस फेर्ने," आफ्नै लवजमा जवाफ फर्काउँछन् थापा । खड्का र थापा मात्र होइन, यतिबेला दशैँँका लागि चामल जुटाउन जिल्लाभरबिाट तीन सयभन्दा बढी मानिसहरू सो सडक खण्डमा पसिना बगाउन आइपुगेका छन् । ग्रामीण भेगका झण्डै ५० प्रतिशत हुम्लीहरू यस् तै चाडपर्वमा मात्रै सेतो चामल चाख्न पाउँछन् । विश्व खाद्यले 'कामका लागि खाद्यान्न' कार्यक्रमअन्तर्गत सो सडक निर्माणमा संलग्न मजदुरलाई सेतो चामल वितरण गर्ने गरेकाले पनि यहाँ काम गर्न मानिसहरू टाढाटाढाबाट आउने गरेका हुन् । "दशँैताका त चिनियाँ बजारमा किनमेलका लागि आएका मानिसहरूसमेत चामलका लागि दुई-चार दिन भए पनि यहाँ काम गर्न रुचाउँछन्," विश्व खाद्यका स्थानीय प्रतिनिधि फुन्जोक लामा भन्छन् । कात्तिकबाट हिउँ पर्न थाल्ने भएकाले यस सडकमा वैशाखदेखि असोज मसान्तसम्म मात्र राम्ररी काम हुन्छ । त्यसमा पनि भदौ महिना र असोजका दुई साता मौसमका हिसाबले उत्तम समय मानिन्छ । "फेर ियहाँबाट चिनियाँ बजार ताक्लाकोट पनि नजिक पर्छ," सर्किदेव-५, उनापानीका वीरबल थापा कामका लागि यतिपरसम्म आइपुग्नुको अर्को तर्क दिन्छन्, "त्यहाँ लुगाफाटालगायत घरायसी सरसमान सिमकोटभन्दा निकै सस्तो पाइन्छ ।" त्यसो त सदरमुकाम सिमकोटवासी नै धेरैजसो सरसामान किनमेलका लागि महँगो जहाज चढेर नेपालगन्ज जानुभन्दा तीन दिन हिँडेर ताक्लाकोट नै पुग्ने गर्छन् । तस्वीरमा देखिएका नरी ऐडीले जीवनका ७० वसन्त पार गरसिकेका छन् । रोडीकोट-२, राहदेवका नरी १२ वर्षको उमेरदेखि निरन्तर चामलका लागि गरेको आफ्नो सङ्घर्ष सुनाउँछन्, "तिब्बत गएर नून ल्याउने अनि चामलसँग सटही गर्ने । " ८० थान भेडा, च्याङ्ग्रालाई बोकाएर चिनियाँ -पहिले तिब्बती) बजार ताक्लाकोटबाट नून लिएर आएका नरी थप्छन्, "यति नगरे १० जनाको जहान परविारको पेट कसरी पाल्ने ?" नरीसँगै ताक्लाकोटबाट नून लिएर झरेका धन रोकायाका अनुसार, यसरी ल्याइएको नून गाउँघर तथा सीमावर्ती जिल्ला जुम्ला, मुगु र अछामसम्म पुर्‍याएर चामलसँग सटही गर्छन् उनीहरू । जनादेश का सह-सम्पादक दीपेन्द्र रोकायाका दाजु हुन् धन । "आज ठ्याक्कै १३ दिन भयो, अबका चार दिनमा त घर पुगिन्छ कि !" सल्लीचौरमा भेटिएका धन चाडबाडका लागि चामल जुटाउन गर्नुपरेको सङ्घर्ष सुनाउँछन्, "अझै यसलाई लगेर सटही गर्ने त कहिले हो कहिले !" आम हुम्लीका झैँ थर भए पनि नरी र धन यहाँका आदिवासी, जनजाति हुन्, जसलाई व्यासी भनिन्छ । यसै विषयमा स्नातकोत्तर तहको शोधपत्र तयार गर्न लागेका समाजशास्त्रका विद्यार्थी दल रावलका अनुसार, जिल्लाका हेप्का, मेल्छाम, रोडीकोट, गोठी, बराई, दार्मालगायतका गाविसमा यी जनजातिका करीब एक हजार पाँच सय घरदूरी र १० हजारजति जनसङ्ख्या रहेको छ । "जिल्लाको झण्डै एक चौथाइ जनसङ्ख्या भए पनि आवश्यक खोजीको अभावमा यिनले जनजातिको मान्यता पाएका छैनन्, क्षेत्रीको रूपमा गणना गरएिको छ," रावल भन्छन्, "यही कारण राज्यले प्रदान गर्ने आरक्षणबाट समेत वञ्चित छन् ।" कुनै निश्चित जनजातिलाई मात्र होइन, सदरमुकामदेखि दूरदराजमा रहेका प्रायः सबै ग्रामीण भेगका बासिन्दालाई यस याममा चामल जुटाउने चटारोले छोप्छ । उत्तरका हिल्सा, यारीलगायतका क्षेत्रमा आफ्ना चौपाया चराउन आउने सदरमुकामदेखि दक्षिणतर्फ पर्ने गाउँका बासिन्दासमेत दशैँका लागि चामल जोरजाम गरेर मात्र घर र्फकन्छन् । रायाका टक्क रावल यस्तै एक पन्थ दुई काज गरेर घर र्फकंदैछन् । चौपाया खेदाउँदाखेदाउँदै टक्क अडिएर टक्कले भने, "चौपाया चराएर र्फकंदा तिनैलाई बोकाएर दुई-चार किलो चामल लग्न पाए जहान परविार पनि खुशी हुन्छन् । वर्षदिनको चाड त राम्रैसँग मनाउनुपर्‍यो ।" नेपाल खाद्य संस्थानका निमित्त प्रमुख हीराबहादुर सिंहका अनुसार, वाषिर्क सात-आठ हजार क्विन्टल जिल्ला भित्रिने सहुलियत दरको चामल कर्मचारीसहित पाँच हजारभन्दा बढी जनसङ्ख्या रहेको सदमुकाम सिमकोटवासीका लागि समेत पर्याप्त छैन । त्यसमा पनि एकतिहाइ त जिल्लास्थित कर्मचारीले मात्र उपभोग गर्छन् । तर, मेल्छामका कर सिरा यस कुरामा सहमत छैनन् । भन्छन्, "यहाँ जाँड बनाउनेकोमा वर्षभर िपुग्ने गरी चामल 'स्टक' हुन्छ । सर्वसाधारणले भात खानका लागि माग्दा पाउँदैनन् । आएको चामल पनि भेदभावरहित तरकिाले वितरण भयो भने आंशिक रूपमै भए पनि सबैको गर्जो टर्छ ।" खाद्यमा आउने चामल समानुपातिक वितरण नहुने गुनासो धेरै हुम्लावासीको छ । तब त सदरमुकामनजिकैको गाउँका भएर पनि बहादुरे शाही हम्मेसी खाद्य संस्थानमा चामल लिन नजाने बताउँछन् । डाँडाफया-६ का ३५ वषर्ीय शाही भन्छन्, "हामी पहुँच नभएका मान्छे पर्‍याँै, भनसुनबिना चामल पाइँदैन ।" किन चामल नै चाहियो त, यहाँ जे फल्छ त्यही खाए हुँदैन ? यो प्रश्न सुनेपछि केही गम्भीर भए शाही । गर्दागर्दैको काम रोकेर निधारका पसिना पुछ्दै उनले भने, "हाम्लाई त हुन्थ्यो नि ! तर, केटाकेटीको मन मान्दैन । वर्षदिनको चाडमा राम्रो मीठो नखोज्ने केटाकेटी कसका पो होलान् र !"
Read Full Discussion Thread for this article