Posted by: kp dhungana September 23, 2006
काम्रेडले पत्रकारलाइ धकेलेपछि
Login in to Rate this Post:     0       ?        
जे बाल्यो त्यो गरेको हो भने नेपाल अहिलेसम्म सिंगापुर बनिसक्थ्यो । तर बोल्ने एक गर्ने एक भएका कारण सिंगापुर हैन झिंगापुर बनेको छ नेपाल । त्यो रोग १२ वर्षिय प्रजातन्त्रमा रमाउनेहरुमा मात्र सिमित रहेको होकि भन्ने लागेको थियो । तर हैन रहेछ । देशको अग्रगामि विकासको नाराका साथ जङ्गल छिरेर १२ वर्षसम्म रक्तपातपुर्ण राजनीति गरेर पनि नथाकेका हाम्रा काम्रेडहरुमा पनि त्यहि पुरानो रोग कायमै रहेछ । त्यो आज प्रष्ट भयो । प्रशंग शनिवार भएको तीन दिनका नेताहरुको भेटवार्ताको हो । एमाले महासचिव माधवकुमार नेपालको कोटेश्वरमा रहेको आधुनिक बंगलामा भएको भेटवातार्ता भित्र त निक्कै शौहार्दपुर्ण रुपमा सम्पन्न भएको रहेछ । त्यो वार्ता समाप्त गरी बाहिर निस्कने क्रममा वार्तामा सहभागि एमाले नेता नेपाल प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवा र छापामारहरुद्धारा घेरिएका प्रचण्डको मुहारले नै भनिरहेको थियो कि भित्रको वार्ता राम्रै भएछ । तर भित्र के भयो भनेर जनतालाइ सुसुचित पार्नेका लागि नेपाल कम्म्रेडको बंगला बाहिर बसेका पत्रकारहरुका लागि भने वार्ता सुखद बन्न सकेन । कारण हो माओवादी छापामारहरुको छुद्र ब्यबहार । गेटवाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुलाइ देखेर प्रचण्ड मुस्कुराएका त थिए । तर त्यो मुस्कानले के भनेको रहेछ भन्ने उनी छामापार दस्ताको सुरक्षा घेरामा बसेर भ्यानमा हुंइकिएपछि मात्र पो चाल पाइयो । उनको मुस्कानले भनेको रहेछ’ यि आज म बोल्दीन’ भयो के भने प्रचण्ड निस्कना साथ सञ्चारकर्मीहरु उनीसंग के अगाडि बढेका थिए उनका शुरक्षादस्ताले त शाही सेना नै आएको झै गरी प्रचण्डलाइ घेरीहाले । उनीहरुले यत्तिमात्र गरेको भएपनि त सहन हुन्थ्यो नी । तर उनीहरुले सञ्चार्कर्मीमाथि छुद्र ब्यबहार गर्दै धकेलेर तीन हात पर पुर्‍याए । जव प्रचण्ड सञ्चारकर्मीको घेरावाट उम्केर भ्यानमा चढे अनी फेरी पुन मुसुक्क हांस्दै बाइबाइ गर्दै गए । Source : http://www.hamroblog.com
Read Full Discussion Thread for this article