Posted by: world_map September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
:D :D कुम्लेले हँसायो। चौतारीमा लेख्दा लेख्दा कथा बनाउन कति खप्पिस् भैसकेछ, नमेलाई उसकै खसीको खुट्टा बोकाएर घर पठाएछ। राम्रो लाग्यो कथा। सप्पै गाम्लेहरूलाई दशैंको उपलक्षमा मंगलमय शुभकामना है मेरो! अब यसपाली धेरै गाम्लेहरू नेपाल जाने भएछन्। यसै मौकामा नेपालमा दशैं चौतारी सम्मेलन गर्दा कसो होला? म त जान पाम्दिन, तर भेटघाटको खबर या फोटू हेर्न पाए त रमाईलो हुने थियो। बाहिर बस्दा सबै धेरै टाढा टाढा बस्ने हुनाले भेटघाट गर्न गाह्रो हुन्छ, तर नेपाल सानो देश भएको र त्यसमा पनि सबै जना कुनै न कुनै बेला काठमाडौं बस्ने हुनाले यसो केही घण्टा फुर्सद निकालेर चौतारी भेटघाट गर्दा राम्रो होला नि। यसपाली दशैंमा नेपालमा हुनेहरूको अनौपचारीक लिष्ट: १) ग्वाँचे (पुगिसकेको) २) गालव (पुगिसकेको) ३) निरे (नेपालमै छ) ४) दादा ५) सान्नानी ६) मास्टर्नी दिदी ७) ठूल्नानी (यसपालीको भ्रमण क्यान्सल गरीन्, पढाइको कारणले) लौ, अरू नि जाने भए थपम् है, म चैं यहीं हुने भए दशैंमा। :(
Read Full Discussion Thread for this article