Posted by: CaMoFLaGeD September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अघि भर्खर आइपुगेको नेपाल..... आउने बित्तिकै दौडेर सेकुवा खान पसेँ..... कस्तो स्वादिलो सेकुवा रहेछ भने, ओहो!!! त्यसपछि अब के गरुम भनेर सोँच्दै थिएँ ठ्याक्कै पाउँ खान मन लागेर आयो। अनि एउटा टेउसी रोकेर गौशाला - पुरानो बानेश्वर- डिल्ली बजार - पुतली सडक - बाग बजार - सहिद गेट हुदैँ निउ रोड आइपुगेँ अनि तिन प्याकेट पाउँ अनि एक प्याकेट गुतपाक अनि एक प्याकेट पुस्टकारी किनेर बाहिर निस्केको त एउटा साइबर क्याफे रहेछ। अनि अहिले म यहि साइबर क्याफेमा बसेर पाउँ खादैँ यो सबैकुरा लेखिरहेको। कस्तो ट्वाक्क हुने खाले पाउँ रहेछ यो त! ओहो! अर्को नि खान पर्यो। म एकछिनमा लेख्छु है त!
Read Full Discussion Thread for this article