Posted by: ritu September 22, 2006
पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
युगबोध समाचारदाता तुलसीपुर, ५ असोज । उमेरले पाको भए पनि तेस्री श्रीमती ल्याउने अभियानलाई चुनौती दिंदै लोकगायिका कोमल ओलीले 'पोइल जान पाम्' भन्ने गीतिक्यासेट निकाल्नु साइत जुरेजस्तो भएको छ उनका बाबु ललितबहादुर ओलीलाई । आखिर ल्याइछाडे उनले गाउँमै रहेकी एक परस्त्रीलाई ।तुलसीपुर नगरपालिका-८ निवासी झण्डै ७० वषर्ीय ओलीले घरदेखि ५ सय मिटर टाढा रहेकी २५ वषर्ीया राधा खड्कामाथि आँखा गाडेपछि बाबुले कान्छी ल्याउनु र छोरीले क्यासेट निकाल्नु साइत जुरेजस्तै हुन पुग्यो । एक वर्षघि हलवार-५ घोरनेटीमा रहेकी २५ वषीया राधासँग वैवाहिक बन्धनमा गाँसिएका ५७ वषर्ीय कृपाराम खड्का ६ महिनाजति श्रीमतीसँग बसेर २०६२ पुसमा कमाउन भारतको चण्डीगढ पुगेको बताउँछन् । '६ महिनापछि १४ हजार भारु बोकेर घर आएर बस्दै नबसी राजधानी पुगें । आउँदा त धान, तोरीसहित ५० हजार नगद लगेर छिमेकीसँग गायव भइछ'- कृपारामले भने । गत असारमा ओलीसँग गाँसिन पुगेकी राधाले भने भदौ १५ गते जिल्ला प्रशासन कार्यालय दाङमा जबर्जस्ती करणी गराएको आरोपमा कृपारामविरुद्ध मुद्दा हालेकी छन् । 'उजुरीमा केही व्यक्तिहरुलाई बोलाएर करणी गर्न लगाएको उल्लेख भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत मोहनबहादुर जी.सी.ले बताउनुभयो । तर कृपाराम भने राधाले लगाएको आरोप स्वीकार्न तयार छैनन् । आफूलाई अन्यत्र पठाउने षडयन्त्र गरेर आफू पोइल गएको कृपारामको आरोप छ । 'प्रशासन कार्यालयमा ५० हजार लगेको स्वीकार्ने व्यक्तिले जे आरोप लगाउन पनि सक्छ'- कृपारामले भने । जिल्ला प्रशासन कार्यालयले समस्याको समाधान गर्न तुलसीपुर नगरपालिकालाई बुधवार पत्र पठाएको छ । ओली शाही सरकारको समयमा तुलसीपुर नगरपालिकाका प्रमुख रहेका यामिन्द्र ओलीका बुवा हुन् । http://yougbodh.com/detailednews.html
Read Full Discussion Thread for this article