Posted by: CaMoFLaGeD September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हे हे हे! पून्टे दाई आउनुभएछ। नमस्कार गरेँ है दाजु! पून्टे दाईलाई त्यो २-३ बोतल ब्यवस्था गर्न अब कस्लाई खटाउने होला। अस्ति अस्ति ग्वाँचे थियो उसैले निकै स्याहार गर्थ्यो अहिले त्यो पनि आउन नपाउने भा'रछ। अब नमे ले गर्ला कि? हाम्लाई त छुन नि दिन्नन् त्यो बोतल नत्र मै ल्याउथेँ ती साहुनी काँ'ट। जिम्माल बा उता दिउँसो पल्ला गामका ले भेट्लान भनेर आजकाल राती राती मात्र निस्कन थाल्नु भएको छ रे। दिउँसो त कता जानु हुन्छ भन्ने कुरा जिम्माल्नी बजैलाई नि थाहा हुन्न रे आजकाल। आउनुस न आउनुस सबै मिलेर तिरम्ला पैसो भनेर त भनेकै हो क्यारे। सान्नानीले कति राम्ररी भनेकी "कस्तो केरिङ" भनेर। हे हे हे!
Read Full Discussion Thread for this article