Posted by: saroj September 19, 2006
Resist the Maoist
Login in to Rate this Post:     0       ?        
We have to start resisting the Maoists. Following is a good example. Maoists are going to exploit them with their arms. If anyone of these people who are resisting the Maoist attrocities gets killed. Do we just make it dinner talk or are we going to do anything about it? देशभरका उद्योग बन्दको चेतावनी गोविन्द देवकोटा वीरगन्ज चरणबद्ध संर्घषको घोषणा नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगन्जमा आयोजित उद्यमी व्यापारीको राष्ट्रिय भेलाले राज्यबाट भएका गलत निर्णय खारेज र माओवादी पक्षबाट निजीक्षेत्रमाथि भइरहेका शृंखलाबद्ध आक्रमण तत्काल नरोकेमा देशभरका उद्योग-व्यवसाय बन्द गर्ने र राज्यलाई कर नतिर्ने निर्णय गरेको छ। भेलाले व्यावसायिक सुरक्षाका लागि महासंघका अध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा २५ सदस्यीय राष्ट्रिय संर्घष समितिसमेत गठन गरेको छ। भेलाद्वारा जारी पाँचबुँदे वीरगन्ज घोषणापत्रका मागहरू पूरा गराउन सरकार र माओवादीलाई दबाब दिने उद्देश्यले गठित संर्घष समितिले मंगलबारदेखि नै संर्घषका चरणबद्ध कार्यक्रम शुरू गर्ने भएको छ। भेलापछि आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष ढकालले व्यावसायिक हित र सुरक्षाका लागि चरणबद्ध संर्घषका कार्यक्रम घोषणा गरेको बताउनुभयो। भेलाले मंगलबार बिहान ९ बजे वीरगन्जमा विरोध जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ। अध्यक्ष ढकालका अनुसार बिहीबार अधिराज्यभरिका जिल्ला प्रशासन कार्यालयमा उद्योग वाणिज्य संघका तर्फबाट ज्ञापनपत्र बुझाउने, शुक्रबार सिंहदरबारभित्र प्रवेश गरी सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र दिने र जिल्ला तथा वस्तुगत संघहरूले प्रमुख भन्सार नाकाहरूमा दुइ घण्टा आयातनिर्यात ठप्प पार्ने निर्णय गरिएको छ। उहाँले संर्घषका थप कार्यक्रम विजयादशमीपछि मात्र सार्वजनिक गरिने बताउनुभयो। केन्द्रीय संर्घष समितिअर्न्तगत क्षेत्रीय, अञ्चल र जिल्लास्तरीय संर्घष समितिहरूको गठन गरेर स्थानीय तहसम्म उद्यमी-व्यापारीहरूको संर्घषका कार्यक्रमलाई सशक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि भेलाले व्यक्त गरेको छ। भेलामा औद्योगिक सुरक्षा, औद्योगिक श्रम समस्या, ढुवानी सिन्डिकेट, चन्दाआतंक, विद्युत्, सडक र सञ्चारजस्ता आधार-पूर्वाधार र ऋणीको कालोसूची विषयमा लामो छलफल भएको थियो। दिउँसो २ बजेदेखि शुरू भएको पाँच घण्टा लामो छलफलमा उद्यमीहरूले लोकतन्त्र स्थापनापछि राज्य र माओवादी दुवै पक्षबाट औद्योगिक-व्यापारिक क्षेत्रमा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए। ?संविधानसभा र वार्ताको नाममा राज्य निकम्मा बनेको छ, घरबाट तानेर लाँदा र उद्योगमा ताला लगाउँदासमेत कुनै सुनुवाइ भएको छैन, यो कस्तो व्यवस्था हो? -ढकालले भन्नुभयो। केन्द्रीय बैंकले कालोसूचीका ऋणीविरुद्ध थालेको कारबाही प्रक्रियाको विरोध गर्दै नियतवश र परिस्थितिवश ऋण नतिरेकाहरूको पहिचान गरेर मात्र कारबाहीको माग गरिएको छ। नियतवश ऋण नतिर्नेविरुद्ध कारबाहीका लागि महासंघ सरकारलाई सक्रिय सहयोग गर्ने प्रतिबद्धतासमेत भेलाले गरेको छ। यसै गरी औद्योगिक क्षेत्र र उद्यमीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, चन्दाआतंक बन्द गर्नुपर्ने, कर असुलीमा ठेकेदारी प्रथा अन्त्य गरिनुपर्ने, अन्तरिम संविधान र संविधानसभा निर्वाचन नभएसम्म मजदुरले उद्योग बन्द गराउने र अनावश्यक दबाब दिने कार्य तत्काल रोकी उद्योग प्रतिष्ठानमा तलब वृद्धि, स्थायी रोजगारीजस्ता माग बन्द गर्नुपर्ने निर्णय गरेको छ। फर्म दर्ता र नवीकरणमा उद्योग वाणिज्य महासंघको सिफारिस आवश्यक पर्ने व्यवस्था पुनः लागू गनुपर्ने अन्यथा उद्योगमन्त्रीको राजीनामाको मागसहित कडा आन्दोलनमा उत्रने अध्यक्ष ढकालले चेतावनी दिनुभयो। भेलामा अध्यक्ष ढकाल र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष विजय सरावगीले निजीक्षेत्रले बेहोर्नुपरेका जोखिम र समस्याबारे जानकारी गराउनुभएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले ?नेपालको अर्थतन्त्रमा निजीक्षेत्र र समस्या? विषयक कार्यपत्र प्रस्तुत गर्दै असुरक्षाका कारण मुलुकमा लगानीमैत्री वातावरण नभएको बताउनुभयो। उहाँले सरकारले निजीक्षेत्रलाई राहत दिनुको साटो विश्व बैंकलगायत विदेशीको दबाबमा प्रतिष्ठित उद्यमीहरूको नामसमेत कालोसूचीमार्फत सार्वजनिक गरेर निजीक्षेत्रको मानमर्दन गर्न लागिपरेको आरोप लगाउनुभयो। Published Date and Time:2006-09-19 03:09:06 www.newsofnepal.com
Read Full Discussion Thread for this article