Posted by: CaMoFLaGeD September 19, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अइया SSSSSSSS!!!!! कुरो त कता पुगिसकेछ। सबैजना आउनु भएछ चौतारीमा रमाइलो भैरहेको र'छ। गत हफ्ता त अत्ति खडेरी लागेको थियो चौतारीमा। प्रभो!! मलाई दोष नदिनुस् है कसैले। जे देखेँ त्यहि भनेँ क्यारे। अब यो केटाकेटी मान्छेले किन झूट बोल्न पर्यो र? हाम्लाई त पिङ खेल्न पाए भैगो। पल्लो गामका आएछन् भने फेरि खेदाउँला नि तिनीहरुलाई अस्ति न पून्टे दाई का ससुराली तिर का लठेतहरुलाई खेदाए झैँ। अनि ओहो! हाम्रा दादा त, हिरो पो रहेछन् त। त्यसै चौतारीमा दादा भएर बसेका छन् त? सबैलाई जदौ छ है!
Read Full Discussion Thread for this article